आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १२:४५ |सिड्नीको समय: १०:४५ |काठमाडौंको समय: ०६:३०

अस्ट्रेलियामा खुल्यो जनगणनाको अवसर

एएनजेड खबरअगस्ट ४, २०२१


के तपाईंं अस्ट्रेलियाबासी हुनुहुन्छ ? यदि त्यसो हो भने प्रत्येक पाँच वर्षमा गरिने जनगणनाको पालो यस वर्ष परेको छ । अस्ट्रेलियाका लागि नयाँ हुनुहुन्छ भने जनगणनामा पर्ने तपाईं भाग्यमानी आप्रवासीमा गनिनु हुनेछ । जुनसुकै लिंग, धर्म, देशको नागरिक भएपनि तपाईं जनगणनाका लागि योग्य मानिनु हुनेछ । अस्ट्रेलिया सरकारले अगस्ट १०, २०२१ बाट जनगणना प्रारम्भ गर्नेछ । जनगणना क्रममा तपाईंको उमेर, जन्मेको देश, धर्म, घरमा प्रयोग गरिने भाषा, काम र शिक्षाको बारेमा सोधिने छ । परिवारका सबै सदस्यको विवरण यसमा समावेश हुनेछ । सवै पक्षको बहुआयामिक नीति नियम निर्माणमा मेरुदण्ड भएकाले जनगणनामा अनिवार्य सहभागिता जनाउन सरकारले आव्हान गरेको छ ।
किन आवश्यक छ जनगणना ?
जनगणनाले हामीलाई अहिले र भविष्यका विषयमा थाहा पाउन सहयोग गर्छ । यसले सरकार, व्यवसायी र मुलुकभरका गैर नाफामुलक संस्था सञ्चालनका लागि उचित निर्णय लिन मद्दत गर्छ । त्यतिमात्र होइन, समुदायमा रहेका व्यक्ति, परिवार र समुदायलाई प्रदान गरिने स्थानीय सेवाका लागि प्रभावकारी योजना बनाउन यसको प्रमुख भूमिका रहनेछ । मानि लिउँ पुस्तकालयले स्थानीय समुदायमा बोलिने भाषालाई बुझ्नको लागि जनगणनाको तथ्याङ्क प्रयोग गर्दछ ता कि, उनीहरुले ती भाषाका किताब पाठकका लागि संग्रह गर्न सकून ।
यसैगरी सुपरमार्केटहरूले अन्तर्राष्ट्रिय खाद्य पदार्थसहित आफ्ना ग्राहकहरूको लागि उत्पादन भण्डारण गर्न जनगणनाको तथ्यांक प्रयोग गर्दछन् । प्रसारणकर्ताहरूले उनीहरूको श्रोतालाई कुन भाषामा रेडियो र संचार सेवा आवश्यक छन् भनेर निर्धारण गर्नको लागि जनगणनाका तथ्याकहरु प्रयोग गर्दछन् I
यसरी प्रयोग गरिन्छ जनगणना तथ्याङ्क
तपाईंंको व्यक्तिगत जानकारी कानुनी रुपमा सुरक्षित हुन्छ । कुनै पनि सरकारी संस्था र व्यक्तिलाई यो जानकारी बाँडिदैन । जनगणनामा तपाईंले दिएको जानकारीबाट तपाईं र तपाईंको परिवारको पहिचान गर्न सकिदैन ।

जनगणना कहिले र कसरी पूरा गर्ने ?
तपाईंले यो जनगणना अनलाइन, कागजी आवेदनबाट अथवा तथ्यांक कार्यालयको सहयोगबाट पूरा गर्न सक्नुहुन्छ । जनगणना शुरु हुने दिनको बेलुकी घरमा हुने ब्यक्तिले निर्देशन पाउने बितिकै शुरु गर्न सक्नुहुन्छ । अधिकांश घरहरूले मेलमा अनलाइन पूरा गर्न निर्देशन प्राप्त गर्नेछन् । यो तपाईंको अद्वितीय जनगणना नम्बर र अस्थायी पासवर्ड हुनेछ । जब तपाईंले अगष्ट २०२१ को शुरुमा निर्देशन प्राप्त गर्नुहुन्छ । तब census.abs.gov.au मा जानुहोस् । यदि तपाई कागज फारम प्रयोग गर्न चाहनुहुन्छ भने २४ घण्टा स्वचालित कागज फाराम अनुरोध सेवा 1800 130 250 मा संपर्क गर्नुहोस् । तपाईलाई जनगणना पत्रबाट १६–अंकको जनगणना नम्बरको आवश्यकता पर्नेछ ।
केही परिवारले कागजी आवेदन प्राप्त गर्नेछन् । यो अन्तर्राष्ट्रिय विद्यार्थी, होटल, क्याम्पिंग मैदान वा विद्यार्थी आवासका स्थानमा बस्ने आगन्तुकहरुलाई लागू हुन्छ । ‘आवेदन पूर्ण भएपछि जवाफ फर्काउने खामको प्रयोग गरेर हामीलाई फिर्ता गर्नुहोस् ।’ सरकार भन्छ– ‘यदि तपाईं अनलाइन पूरा गर्न चाहनुहुन्छ भने त्यहाँ त्यो भर्ने निर्देशन दिइएका छन् ।’
जनगणना फारम अंग्रेजीमा मात्र छ र तपाईंले आफ्नो परिवार वा साथीहरूलाई जनगणनाको लागि मद्दत माग्न सक्नुहुन्छ र जनगणनाका लागि खटिएका कार्यकर्ता पनि हुनेछन् ,जसले तपाईंलाई कसरी फारम भर्ने भनेर सहयोग गर्न सक्दछन् ।
जनगणना कसका लागि जरुरी छ ?
जनगणना सवैका लागि अनिवार्य छ । यसको मतलब अष्ट्रेलियामा कूटनीतिज्ञ र उनीहरूका परिवारले बाहेक अरु सबैले जनगणनाको रात जहाँ पनि भए पनि जनगणना पूरा गर्नु पर्छ । यसले प्रवेशाज्ञा भएका, पर्यटक, अष्ट्रेलियाली विश्वविद्यालयहरूमा अध्ययन गर्ने विद्यार्थीजस्ता अन्तर्राष्ट्रिय आगन्तुकहरू सबै यो प्रक्रियामा सहभागी हुनेछन् ।

तपाइँको प्रतिक्रिया