आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ११:२७ |सिड्नीको समय: ०९:२७ |काठमाडौंको समय: ०५:१२

सिड्नीमा कोरोना संक्रमणका कारण २७ वर्षीय युवकको मृत्यु

एएनजेड खबरअगस्ट ४, २०२१

सिड्नीमा कोरोना संक्रमणका कारण २७ वर्षका युवकको मृत्यु भएको छ। वेस्टर्न सिड्नीका ती युवकको मंगलबार मृत्यु भएको हो।

बुधबार बिहानको पत्रकार सम्मेलनमा युवकको मृत्यु बारे जानकारी गराइएको थियो। ती युवक कोरोना संक्रमणका कारण घरमै आइसोलेसनमा थिए। घरमै रहेतापनि उनको नियमित स्वास्थ्य जाँच भइरहेको थियो। तर आइसोलेसनको १३औं दिनमा उनको अचानक मृत्यु भयो। ती युवकले कोरोना भ्याक्सिन विरुद्धको खोप नलिएको बताइएको छ।

न्यू साउथ वेल्स राज्य सरकारले यो घटनाबाट सबैले सिक्नुपर्ने र कोभिडले कुनै पनि उमेर समूहको व्यक्तिको ज्यान खतरामा पार्न सक्ने बताउँदै सबैलाई सचेत रहन आग्रह गरेको छ।

तपाइँको प्रतिक्रिया