शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०१:०१ |सिड्नीको समय: २३:०१ |काठमाडौंको समय: १८:४६

आठ वर्षपछि मेलबर्नमा भूकम्पको धक्काः यस्तो छ अष्ट्रेलियाको भूकम्प इतिहास

प्रकाश हुमागाईंसेप्टेम्बर २२, २०२१


सिडनी । अस्ट्रेलियाको भिक्टोरिया राज्यसहित उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान भूकम्प गएको छ ।
हिन्द महासागरको १० किलोमिटर तल केन्द्रबिन्दु रहेको उक्त भूकम्प ५.८ म्याग्निच्युडको रहेको अधिकारीहरूले जानकारी दिए । अमेरिकी भूगर्भ मापन केन्द्रले भूकम्पपछि आँधीको कुनै खतरा भने नरहेको स्पष्ट पारेको छ।


भूकम्पको धक्का भिक्टोरियाका साथै अन्य शहरहरुमा समेत महसुस गरिएको छ । भूकम्पले धेरै भवनहरुमा क्षति पुगेका समाचारहरु बाहिरिएका छन् । सरकारले भूकम्पग्रस्त क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ ।
अष्ट्रेलियाको दक्षिणपूर्वीलगायतका क्षेत्रमा भूकम्प अत्यन्तै विरलै रुपमा मात्र आउने गर्दछ ।


अष्ट्रेलियाको भूकम्पिय इतिहास
सन् २०१२ मा दक्षिणपूर्वी मेलवर्नमा ५.६ रेक्टर स्केलको भूकम्प गएको थियो भने सन् १९६६ मे महिनामा माउन्ट होथामलाई केन्द्र विन्दु बनाएर ५.७ म्याग्निच्यूडको भुकम्प गएको थियो ।


सन् २०१८, १६ सेप्टेम्बरमा वेस्टर्न अष्ट्रेलिया राज्यको दक्षिण पश्चिममा मुइर लेक नजिकै ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। यो भूकम्पको धक्का महानगरीय पर्थसहित ३०० किमी टाढासम्म महसुस भएको थियो ।यो भूकम्पको केन्द्रनजिकै क्षतिग्रस्त एउटा भवनबाहेक थोरै मात्र क्षति भएपनि मानवीय क्षति भने भएको थिएन ।

सन् २०१६ मे महिनामा नर्दन टेरेटोरीको पिटरम्यान रेन्जेजमा देशको सबैभन्दा ठूलो भूकम्पमध्ये एक रेकर्ड भयो । पर्यटकिय क्षेत्र उलुरुवाट १२५ किलोमिटर दक्षिणपश्चिममा ६.१ रेक्टर स्केलको भूकम्प गए पनि दुर्गम क्षेत्र भएकाले कुनै भौतिक र मानविय क्षति भने भएको थिएन । तर सो भूकम्प पछिको ६ महिना अवधिमा ७३ वटा पराकम्प गएका थिए ।


जुलाई ३०, २०१५ मा क्विन्सल्याण्ड राज्यको फ्रेजर टापुको तटमा केन्द्रविन्दु बनाएर ५.४ म्याग्निच्युडको समुद्री सतहको भूकम्प गएको थियो । त्यसको दुई दिनपछि अगस्त १ मा ५.३ र ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्प केन्द्रबिन्दुबाट ३५० किलोमिटरसम्म महसुस भएको थियो । भुकम्पले उत्तरमा बुन्डाबर्गसम्म, दक्षिणमा क्वीन्सल्याण्ड र न्यू साउथ वेल्सको सीमासम्म हल्लाएकोे थियो।


अप्रिल १,२०११ मा ५.३ म्याग्निच्युडको भूकम्प मध्य क्वीन्सल्याण्डको बोवेनको पश्चिममा केन्द्रबिन्दु बनाएर गएको थियो । जसको महसुस ४०० किलोमिटर टाढा केर्यन्स सहरसम्म भएको थियो । त्यहाँ थोरै मात्र क्षति भएको थियो, तर क्वीन्सल्याण्डका स्थानिय बासिन्दाले जमिन हल्लाएको महसुस गरेका थिए ।


सन् १९९७ अगस्त १० मा वेस्टर्न अष्ट्रेलियाको कोलियर बे नजिकै ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प रेकर्ड गरिएको थियो । यो भूकम्पको धक्का किम्बर्ली क्षेत्रदेखि डार्विनलगायत ६ सय किलोमिटर टाढासम्म बलियो महसुस भएको थियो । भूकम्पको केन्द्रविन्दु रहेको क्षेत्रवाट ७० किमी टाढा कोकाटू टापुमा समेत यो भूकम्पका कारण क्षति भएको थियो । खानीका लागि बनेका केही घरहरुको जग भत्कीएका थिए । एक विशाल पानी ट्यांकीमा पनि क्षति पुगेको थियो ।


सन् १९८९ डिसेम्वर २८ मा न्यू साउथवेल्स राज्यको न्यू क्यासल क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो । जसका कारण १३ जनाको मृत्यु भएको थियो र सयजना भन्दा बढी घाइते भएका थिए । ८ सय किमी टाढासम्म यसको धक्का महसुस गरिएको थियो भने अनुमानित ४ अर्ब डलरको क्षति भएको थियो ।


सन् १९८८ जनवरी २२ मा नर्दन टेरोटेरीको टेनान्ट क्रिकलाई केन्द्रविन्दु बनाएर ६.६ रेक्टर स्केलको भुकम्प गएको थियो । यो भूकम्प मापन गर्ने पद्धतिको विकाश भएसंगैको सवैभन्दा ठूलो भूकम्पको रुपमा रेकर्ड भएको मानिन्छ । यद्यपि यो भूकम्पले केही ग्यास पाईपलाईनमा क्षति पु¥याएपनि अन्य क्षति भने भएन ।


अक्टोबर १९६८ मा वेस्टर्न अष्ट्रेलियाको म्याक्गेरिंग क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.५ रेक्टर स्केलनको भूकम्प गएको थियो । अष्ट्रेलियाको भूकम्प इतिहासकै दोस्रो ठूलो भूकम्प मानिने यो भूकम्पका कारणएक बैंक, होटल, शायर हल, तीन चर्च र र ६० भन्दा बढि घर नष्ट भएका थिए I

Source : geoscience australia

तपाइँको प्रतिक्रिया