सोमबार, वैशाख २४, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: ०५:३८ |सिड्नीको समय: ०३:३८ |काठमाडौंको समय: २३:२३

नेपाल आइडलमा नयाँ जजको रौनक

एएनजेड खबरसेप्टेम्बर २८, २०२१

काठमाडौं । साँगितिक रियालीटी शो नेपाल आइडलको चौथो सिजनको चहलपहल सुरु भइसकेको छ ।
भदौ ३ बाट लिइएको डिजिटल अडिशन पुरा भएको छ ।

देश बिदेशमा रहेका १६ देखि ३० वर्ष उमेर समूहका नेपाली सहभागी हुन पाउने डिजिटल अडिसनबाट उत्कृष्ट प्रतिभा छानिनेछन् ।
अडिसनकै क्रममा यतिबेला नेपाल आइडलका नयाँ निर्णायक (जज)को बेग्लै रौनक छ ।


नयाँ निर्णायकमा शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान चयन भएका छन् । अघिल्ला सिजनहरुमा इन्दिरा जोशी, न्यूहू बज्रचार्य र कालिप्रसाद बाँसकोटा निर्णायक थिए ।

पुराना निर्णायक ‘नेपाल आइडल लिटिल च्यालेन्ज’मा सरुवा भएका छन् ।
निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवम् गायक बाँस्कोटाले नेपाल आइडलमा आउने सपना पुरा भएकोमा खुशी व्यक्त गरे ।
गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफू खुशी भएको बताए ।
नेपाल आइडल सिजन ४ मा तीनजना निर्णायकसहित टीकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि छिन् ।

तपाइँको प्रतिक्रिया