आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: २१:२३ |सिड्नीको समय: १९:२३ |काठमाडौंको समय: १५:०८

नेपालको प्रकृति र संस्कृतिमा रमाउँदै अस्ट्रेलियन राजदूत फेलिसीटी भल्क

एएनजेड खबरनोभेम्बर १४, २०२१
This image has an empty alt attribute; its file name is 255383289_426660615750430_5333967681281877694_n.jpg


काठमाडौं । नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसीटी भल्कलाई नेपालको संस्कृति र प्रकृतीले औधी लोभ्याएको छ । अकबरे खुर्सानी त झन कति मन परेको छ भने उनले सामाजिक सँजालमा अकबरे खुर्सानीको तस्वीर शेयर गरेकी छिन् ।


नेपालका चाड पर्वमा रमाउन पनि उनी पछि परेकी छैनन् । हालै सम्पन्न तिहार त उनले यमपंचकको पहिलो दिनदेखि नै मनाइन् । कूकूर तिहारमा कूकूरको पुजा गरेको तस्वीर सामाजिक संजालमा शेयर गरीन् । लक्ष्मीपूजा पनि उत्तिकै श्रद्धाका साथ गरिन्, आफ्नो निवासलाई सजाइन् ।

This image has an empty alt attribute; its file name is 254818698_174109391600977_2181064096825706083_n.jpg


राजदूत भल्कले ‘नीजि पहल’ भन्दै ‘नेपाल–भ्रमण वर्ष २०२२’को प्रर्वधन पनि गरिरहेकी छिन् । यसै मेसोमा गत अक्टोबर ३० मा उनी पाटनका गल्ली र मन्दिरहरुको भ्रमण गरेकी थिइन् । यसैगरी राष्ट्रिय भुकम्प प्रविधि समाजको टोलीसँग उनले विनाशकारी भुकम्पछि अस्ट्रेलियाको सहयोगमा संचालित पुननिर्माण परियोजनाको पनि निरिक्षण गरिन् ।


नपाली कला संस्कृति र नेवारी नृत्यले पनि उनलाई आकर्षित गरेको छ । काठमाडौंका प्राचीन महत्वका गल्ली मात्र हैन, सिद्यार्थ आर्ट ग्यालरीको अवलोकन गरेर उनले नेवारी संस्कृति झल्काउने तस्वीर पनि निलालीन् ।


रोचक कुरा अर्को पनि छ । राजदूत भल्कको भेट बलिउडका चर्चित अभिनेता अनुपम खेरसँग पनि काठमाडौंमै भयो । यद्यपी, अनुपम खेर र भल्कको यो पहिलो भेट भने रहेनछ ।

This image has an empty alt attribute; its file name is 255527860_219234103616972_7005027588013422539_n-1024x1024.jpg


सन् १९८४ मा अनुपम खेर अभिनित चलचित्र ‘जीवन सन्ध्या’मा भारतमा रहेकी एक १९ वर्षीया विदेशी युवतिलाई पनि अभिनयका लागि भनिएको रहेछ ।
‘३७ वर्षपछि आज तिनै युवतिसँग मेरो भेट भयो, जो अब नेपालमा अस्टे«लियन राजदूत छिन् र दुइ पुस्तककी लेखिका पनि छिन् । फेलिसिटी भल्कसँगको कति आनन्ददायक भेट, जय होस्’, अनुपम खेरले अक्टोबर २१ मा सामाजिक संजालमा लेखे, जसलाई राजदूत भल्कले पनि शेयर गरिन् ।


अब राजदूत भल्कको नेपाल प्रेम उत्कर्षमा पुग्दैछ, जब उनी नेपालका विभिन्न प्राकृतिक रमणीय ठाउँको भ्रमणमा जाँदैछिन् ।यो चाहिँ राजदूत भल्कको मात्र अभियान हैन, यसमा नेपालका लागि अमेरिका र बेलायतका राजदूत पनि सहभागि हुँदैछन् ।


नेपालका लागि अमेरिकी राजदूत बेरी, बेलायती राजदूत पोलिट, तथा अस्ट्रेलियाली राजदूत भल्क आउँदो साता नेपाल घुम्न जाँदैछन् । जलवायु परिवर्तन तथा यसले हिमाली क्षेत्रका बासिन्दा र वातावरणमा पारेको असरलगायत जलवायु सम्बन्धी तुरून्तै गर्नुपर्ने कामबारे जनचेतना जगाउन उनीहरु संयुक्त भ्रमणमा निस्कने योजनामा छन् । यसको सुरुवात राराको भ्रमणबाट हुँदैछ ।




तपाइँको प्रतिक्रिया