आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: २२:५३ |सिड्नीको समय: २०:५३ |काठमाडौंको समय: १६:३८

सिड्नीको एसफिल्ड पार्कमा एनएडिएफको बार्विक्यू भेला सम्पन्न (फोटो फिचर)

एएनजेड खबरनोभेम्बर १५, २०२१
This image has an empty alt attribute; its file name is pk-1024x360.jpg

नेपाल अष्ट्रेलिया डेमाक्रेटिक फोरम (एनएडिएफ)ले शुभकामना आदानप्रदान सहितको बार्विक्यू कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।
सिड्नीको एसफिल्ड पार्कमा आयोजना गरिएको सो कार्यक्रममा नेपाली समाजका स्थानिय अगुवाहरु, एनआरएनए अभियन्ता, विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


कोभिड–१९ को डेल्टा भेरियन्टका कारण लामो समयको लकडाउनवाट भर्खर सामान्य जीवनतर्फ उन्मुख रहेको सिड्नीका लोकतान्त्रिक पक्षधर सहभागिहरुले आपसमा शुभकामना साटासाट गरेका थिए ।


कार्यक्रममा बोल्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्दु गुरुङ्गले लकडाउनकै अवधिमा सम्पन्न निर्वाचनमा आफु र साझा एनआरएनए सवल एनआरनए समुहलाई अत्याधिक मतका निर्वाचित गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा एनएडिफलाई विशेष धन्यवाद ब्यक्त गरे ।‘ अष्ट्रेलियामा रहेका लोकतान्त्रिक पक्षधर साथीहरुको सहयोगलाई म सदा सम्झिनेछु गुरुङ्गले भने ।

This image has an empty alt attribute; its file name is pk2-1-1024x768.jpg


एनएडिएफका संस्थापक उपाध्यक्ष एवं अधिवक्ता डाक्टर सम्सेरसिंह थापाले एनएडिएफ स्थापना र दर्ता गर्दाको समयको स्मरण गर्दै नेपालको लोकतान्त्रिक र मानवअधिकारको पक्षका साथै प्रवासका सामाजिक कार्यमा एनएडिएफले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
एनएडिएफका पूर्व अध्यक्ष सुरेन्द्र सिग्धेलले विभिन्न अप्ठेरो र चुनौतीहरुका बाबजुदपनि संस्थाले आफ्नो गरिमालाई उच्च बनाउदै लगेको धारणा ब्यक्त गरे ।


एनआरएन ओसेनिया क्षेत्रिय संयोजक पदमा उम्मेदवारी घोषणा गरेकां सामाजिक अभियन्ता केशव सापकोटाले प्रवाशका भूमिमा छरिएर रहेका लोकतान्त्रिक पक्षधर नेपालीहरुलाई एउटै छातामुनी ल्याएर सांगठनिक सुदृढिकरणमा उल्लेखनिय भूमिका निभाएकोमा धन्यवाद ब्यक्त गरे ।
नेपाली कांग्रेस महासमिति सदस्य कञ्चन पोखरेलले समान विचारधारा बोक्ने प्रजातान्त्रिक साथीहरुवीचको एकताको विकल्प नरहेको धारणा ब्यक्त गरे ।

This image has an empty alt attribute; its file name is pk6-1024x768.jpg


एनआरएन अष्ट्रेलियाकी सचिव सन्ध्या शाहले गत निर्वाचनमा सहयोग गर्ने सम्पूर्ण लोकतान्त्रिक पक्षधरहरुको सहयोगप्रति धन्यवाद ब्यक्त गर्दै आफ्नो कार्यकालमा समाजले गर्व गर्न लायकको कार्यहरु गर्ने प्रतिवद्धता जाहेर गरिन् ।


कार्यक्रमका सभापति एवं एनएडिएफका अध्यक्ष सुरेन्द्र सापकोटाले मातृभूमिलाई शंकट पर्दादेखि कर्मभूमिका राजनीतिक, सामाजिक एवं परोपकारी कार्यमा एनएडिएफको अभियानमा साथ दिने सवैप्रति कृतज्ञता प्रकट गरेका थिए ।


संस्थाका महासचिव भिष्म भण्डारीको स्वागत मन्तब्यवाट सुरु भएको सो कार्यक्रममा एनएडिएफका पूर्व अध्यक्षहरु छिरिङ्ग लामा, महेन्द्रकुमार लम्साल विवेक थापा, एनआरएनए ग्लोबल उपाध्यक्ष मन केसी, आइसीसी सदस्य छवि सापकोटा, पूर्व आईसीसी सदस्य निरज श्रेष्ठ, डाक्टर सिताराम जोशी, जनसम्पर्क समिति एनएसडब्ल्यूका संयोजक थानु शाक्य, एनआरएन अष्ट्रेलिया कोषाध्यक्ष अनिल पोखरेल, जनसम्पर्क समिति केन्द्रिय सदस्य सुजित सिंहको उपस्थिति रहेको थियो ।

This image has an empty alt attribute; its file name is pk5-768x1024.jpg


त्यस्तै एनआरएन युथ फोरम पूर्व संयोजक इरसाद अहमद, नयाका अध्यक्ष प्रकाश अर्याल, पूर्व अध्यक्ष प्रकाश खरेल, एनआरएन न्यू साउथवेल्स युवा संयोजक विक्रम दाहाल, सचिव विनोद कुँवर, एनससिसी सदस्य महेश भट्टराई, सदस्य विकाश झा, सवला बस्नेत, सन्देशराज भण्डारी, एनआरएन अभियन्ता कोमलराज पाठक, धादिङ्ग समाजका अध्यक्ष अर्जुन केसी, महासचिव हरिकृष्ण अधिकारी, विपी युवा मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश अधिकारी, उपाध्यक्ष विष्णु कोईराला, सामाजिक अभियन्ता प्रताप राना,सागर रिजाल, शौरभ रौनियार, सन्तोष श्रेष्ठको उपस्थिति रहेको थियो ।


एनएडिएफ सचिव सत्यप्रकाश कँडेलले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष माधव गैरे, हरिभक्त अधिकारी, कोषाध्यक्ष प्रज्वल भट्टराई, सदस्य विकास सापकोटा, सामाजिक अभियन्ता एवं क्याम्पबलटाउन काउन्सीलका लागि काउन्सलर पदका उम्मेदवार बिनोद पौडेल, ज्योपसना पौडेल लगायतको उपस्थिति रहेको थियो ।

This image has an empty alt attribute; its file name is pk3-1024x768.jpg
This image has an empty alt attribute; its file name is pk1-1024x768.jpg


This image has an empty alt attribute; its file name is pk4-1024x768.jpg
This image has an empty alt attribute; its file name is pk9-1024x768.jpg
This image has an empty alt attribute; its file name is pk11-768x1024.jpg
This image has an empty alt attribute; its file name is pk14-1024x768.jpg
This image has an empty alt attribute; its file name is pk12-1024x768.jpg
This image has an empty alt attribute; its file name is pk13-1024x768.jpg

तपाइँको प्रतिक्रिया