मंगलबार, वैशाख २५, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: ०५:२५ |सिड्नीको समय: ०३:२५ |काठमाडौंको समय: २३:१०

अस्ट्रेलियामा अहिलेसम्मकै ठूलो माकुरो भेटियो, टोकेको १५ मिनटमै मानिसको मृत्यु हुनसक्ने (भिडियो सहित)

एएनजेड खबरनोभेम्बर २०, २०२१
This image has an empty alt attribute; its file name is 211115202219-02-megaspider-exlarge-169.jpg




अस्ट्रेलियामा एउटा अति खतरनाक माकुरो फेला परेको छ । वैज्ञानिकहरुले यसलाई ‘मेगा स्पाइडर’ नाम दिएका छन् ।

यो विषाल फनेल वेब स्पाइडर प्रजातीको माकुरो हो । यसको एक दंश ( बाइट) कति घातक छ भने मानिसको नङमै प्वाल पारिदिनसक्छ । यो माकुरोलाई न्यू साउथ वेल्सको अस्ट्रेलियन रेप्टाइल पार्कमा राखिएको छ । यहाँ फनेल वेब माकुराहरुलाई राखेर उनीहरुको विषबाट एन्टीभेनम औषधि बनाइन्छ ।

यो मेगा स्पाइडर गतसाता एक व्यक्तिले अस्ट्रेलियन रेप्टाइल पार्कलाई दिएका थिए, जसलाई एउटा हावा भएको प्लीस्टको टबमा राखिएको छ । ति व्यक्तिले यो मेगा स्पाइडर सिडनीको सेन्ट्रल कोस्टबाट समातेर ल्याएका थिए । वैज्ञानिकहरुका अनुसार यो क्षेत्रमा बाहेक यस्तो माकुरो न्यूक्यासल क्षेत्रमा पनि धेरै मात्रामा पाइन्छ ।

अस्ट्रेलियन रेप्टाइल पार्कका जीन वैज्ञानिक यो माकुरोको आकार देखेर चकित परे । किनकी यो ३ इन्च ठूलो छ । प्रायः फनेल वेब माकुरो शुन्य दशमलव ४ देखि २ इन्चमात्र लामा हुन्छन् । अस्ट्रेलियन रेप्टाइल पार्कका जीव वैज्ञानिक माइकल टेटले भनेका छन्, ‘म यो पार्कमा ३० वर्षदेखि कार्यरत छु, तर मैले आजसम्म यति ठूलो फनेल वेब माकुरो देखेको थिइन ।’

हालै भएको वर्षाका कारण फनेल वेब स्पाइडरका लागि उपयुक्त मौसम छ । यही कारण यीनको संख्या बढने अनुमान गरिएको छ । यसैले रेप्टाइल पार्कले ति मानिसका लागि पनि चेतावनी जारी गरेको छ, जो फनेल वेब माकुरो समातेर पार्कमा ल्याउने गर्छन् । किनकी यो माकुरो अलिकति पनि खतरा महसुस गर्नासाथ हमला गरिहाल्छ । यसलाई समातेर काँचको जारमा राख्न निर्देशन दिइएको छ । अन्यथा माकुरो फुत्त कुदेर या माथि चढने कोशीस गर्छ ।

हाल फेला परेको माकुरो पोथी हो । अर्थात माकुरी । यसलाई जुन डिब्बामा राखिएको छ, त्यसमा यो फेला पार्नेको नाम, फेला परेको स्थान र अन्य विस्तृत विवरण लेखिएको छ ।

‘यो माकुरोले हामीलाई अझ धेरै ठूला माकुराहरुक खोज्न एउटा मौका दिएको छ । फनेल वेब स्पाइडरका ४० प्रजाती धरतीमा छन्, जसमध्ये जो जेनेरा हयाड्रोनीश र एट्रयाक्स अस्टे«लियाको पूर्वी क्षेत्रमा पाइन्छन्’, वैज्ञानिक माइकलले भने ।

माइकलका अनुसार यो माकुरोले टोक्यो या दंश गर्यो भने १५ मिनटमा मानिसको मृत्यु हुनसक्छ । यो माकुरी को छाला चम्कीलो र रौं कम छ । चार–चार पँक्तिका यसका आठवटा आँखा छन् । यी माकुराहरु प्रायः शक्रिय रहन्छन् । चिसो र ओसीलो क्षेत्रमा जमीनमुनी प्वाल बनाएर बस्ने यस्ता माकुराले प्वालमा ढोकाजस्तै जाल बनाएका हुन्छन् ।

प्वालमाथि बनाइएका जालको ढोकामा कुनै किरा फंस्यो या जीव जन्तुले छोयो भने माकुराहरु तत्काल त्यसमाथि हमला गरिहाल्छन्, जसबाट छुने जीवको तत्काल मृत्यु हून्छ । अनि माकुराहरु आरामले ति मरेका जीव या किराहरु खाने गर्छन् ।

अस्ट्रेलियन रेप्टाइल पार्क विश्वकै एक्लो यस्तो संस्था हो, जहाँ फनेल वेब स्पाइडरको विषबाट एन्टीभेनम औषधि बनाइन्छ । यहाँका कर्मचारी फनेल वेब माकुराको विष निकालेर मेलबर्नस्थित ल्याबमा एन्टीभेनम सिरम बनाउन पठाउँछन् ।

एन्टीभेनम बनाउने प्रकेया पनि बडा रोचक छ । फनेल वेब माकुराका विषलाई निकै कम मात्रामा खरायोको शरिरमा हालिन्छ । यसबाट खरायोको शरिरमा एन्टीबडी निर्माण हुन्छ । यसपछि खरायोको शरीरबाट एन्टीबडी निकालेर सिरम तयार गरिन्छ, जुन मानिसका लागि उपयोगी हुन्छ । यदि मानिसलाई यो माकुरोले टोक्यो भने उपचारका लागि खरायोको शरिरबाट निकालिएको र्एन्टी बडीबाट बनेको सिरम नै उपयोग गरिन्छ । अस्ट्रेलियन रेप्टाइल पार्कको सुरुवात सन् १९५० बाट भएको हो । अहिलेसम्म यो पार्कबाट बनेको औषधिबाट २५ हजारभन्दा बढी अस्ट्रेसलयालीको ज्यान बचाइएको छ ।


फोटो/भिडियो स्रोत अष्ट्रेलियन रेप्टाईल पार्क

तपाइँको प्रतिक्रिया