मंगलबार, वैशाख २५, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: ०२:३१ |सिड्नीको समय: ००:३१ |काठमाडौंको समय: २०:१६

मेलबर्नमा डेभिडले फेला पारेको सुन उल्कापिण्ड पो रहेछ

एएनजेड खबरनोभेम्बर २६, २०२१
This image has an empty alt attribute; its file name is ulkapinda-1024x682.jpg


अष्ट्रेलियामा डेभिड होल नाम गरेका व्यक्तिले सुन ठानेर एउटा पत्थरलाई धेरै वर्षसम्म आफ्नो घरमा लुकाएर राखेका थिए ।
लाखौं कोशीस गर्दा पनि डेभिडले थाहा पाउन सकेनन्, आखिर यो पत्थरमा सुन छ कि छैन ?

डेभिडले पछि त्यो पत्थर बोकेर अष्ट्रेलियाको मेलबर्न म्यूजियम पुगे । म्यूजियमका मानिसले जब त्यो पत्थर देखे, उनीहरु आश्चर्यचकित भए । त्यो कुनै सामान्य पत्थर थिएन, अन्तरिक्षको यात्रा गर्दै पृथ्वीमा आएको उल्कापिण्ड थियो, जुन सुनभन्दा पनि मुल्यवान हुन्छ । यसको तौल १७ किलो छ ।

डेभिडले यो रातो र पहेंलो रङको भारी पत्थर सन् २०१६ मा मेलबर्न नजिकै रीजनल पार्कमा फेला पारेका थिए । १९ औं शताब्दीमा यो क्षेत्रमा सुनका कयौं पत्थर बगेर आएका थिए । यसैकारण यहाँ मानिसहरुलाई अहिले पनि सुन भेटिने आशा रहन्छ ।

डेभिडलाई लाग्यो कि उनले पनि सुनकै पत्थर फेला पारेका हुन् । उनले सुन हासिल गर्न त्यो पत्थर फुटाल्ने धेरै कोशीस गरे । तर, यस्तो भएन, उनको कोशीस काम लागेन । यो पत्थर उनको घरमा धेरै वर्षसम्म रहष्यकै पिण्डका रुपमा रहन पुग्यो ।

साढे चार अर्ब वर्ष पुरानो

हालै डेभिड मेलबर्नको म्यूजियममा यो पत्थर लिएर गए, जसलाई देख्नासाथ म्यूजियम के भुगर्भविद डेरमोट हेनरीले सिडनी मर्निङ हेराल्डसँग भने, ‘मैले कयौं यस्ता पत्थर देखेको थिएँ, जसलाई मानिसहरुले उल्कापिण्ड भनेका थिए । यद्यपी, तिनमा केवल दुइ मात्र उल्कापिण्ड थिए । यो ताजा पत्थर चाहिँ खाँदिएको र खाल्डाखुल्डी भएको देखिन्छ । यस्तो तब हुन्छ, जब उल्कापिण्ड पृथ्वीको बातारणमा प्रवेश गर्छ ।’


हेनरीले उल्कापिण्डको महत्व बताउँदै उल्कापिण्डले अन्तरिक्ष खोजमा सबैभन्दा सस्तो तरीका प्रदान गर्ने बताएका छन् ।


‘यस्ता उल्का पिण्डले हामीलाई समयभित्र लैजान्छन् र सौर्य प्रणालीको उमेर, त्यसको निर्माणका बारेमा जानकारी दिन्छन्’, उनले भनेका छन् ।
उनका अनुसार कयौं उल्कापिण्ड त हाम्रो गहिरो आन्तरिक हिस्साको झलक देखाउँछन् । कयौं उल्कापिण्ड ताराका धुलो पनि हुने गरेका छन्, जुन हाम्रो सौर्य प्रंणालीभन्दा बढी पुराना हुन्छन् ।


हेनरीका अनुसार डेभिडलाई प्राप्त भएको उल्कापिण्ड मंगल र बृहस्पती ग्रहको बीचस्थित एस्टोरोइड बेल्टबाट आएको हुनसक्छ । यो उल्कापिण्ड ४ अर्ब ६० करोड वर्ष पुरानो हुनसक्छ । यो एक सयदेखि एक हजार वर्षपहिले धरतीमा खसेको थियो ।


तपाइँको प्रतिक्रिया