मंगलबार, वैशाख २५, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: १२:४६ |सिड्नीको समय: १०:४६ |काठमाडौंको समय: ०६:३१

विद्यार्थीको लागि अष्ट्रेलिया उत्कृष्ट गन्तब्य – रञ्जु वाग्ले थापा

एएनजेड खबरजनवरी ३१, २०२२

अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको उत्कृष्ट गन्तब्यको रुपमा रहेको छ । पछिल्लो समय अष्ट्रेलियामा विद्यार्थीहरुलाई खुल्ला गरेसगैं त्यहाँ अध्ययन गर्न चाहानेहरु विद्यार्थीहरुलाई लक्षित गर्दैै विभिन्न कलेज तथा कन्सेल्टेन्सीहरुलौ शैक्षिक मेला आयोजना गर्न थालेका छन् । यसै साता काठमाडौंको होटल एभरेष्टमा सातौं मेगा एजुकेशन फेयर सम्पन्न भएको छ । अष्ट्रेलियामा कलेज सञ्चालन गर्दै आउनु भएकी सिड्नी सिटी कलेज अफ म्यानेजमेन्टकी सिइओ रञ्जु वाग्ले थापासंग अष्ट्रेलियाको शैक्षिक अवस्थाको बारेमा एएनजेड खबरको नेपाल व्युरोले गरेको कुराकानीको सम्पादीत अंश ।

अष्ट्रेलियामा शैक्षिक अवस्था कस्तो रहेको छ ?
उच्च शिक्षा अध्ययन गर्न चाहाने विश्वका जुनसुकै देशका विद्यार्थीको लागि अष्ट्रेलिया एउटा उत्कृष्ट गन्तब्य हो । आफुले चाहेको विषय अध्ययन देखी काममा समेत सहज हुने भएको हुँदा धेरै विद्यार्थीको रोजाईमा पर्दछ । नियम कानुन पनि राम्रो भएको कारण यहाँ विद्यार्थीलाई समस्या पदैन । शैक्षिक गुणस्तरमा विश्वमा अष्ट्रेलिया धेरै नै माथि रहेको छ । लकडाउनको बेला पनि त्यहाँको सरकारले पुरा सहयोग गरेको थियो । त्यहाँको सरकारले विद्यार्थीको लागि धेरै सहुलियत दिएको छ ।

अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीले के कुरामा ध्यान दिनु पर्छ ?
आफुले अध्ययन गर्ने कलेजको बारेमा राम्रोसंग बुझ्न जरुरी छ । अहिले प्रविधिको युग भएको हुँदा नेपालमा नै बसेर गुगलमा हेर्न सकिन्छ । सबै कुराको राम्रोसंग अध्ययन गरेर मात्र अघि बढ्नु पर्दछ । आफुले अध्ययन गर्ने विषयको त्यहाँ स्वीकृत छ, छैन बुझ्नु पर्दछ । तर अष्ट्रेलियामा विद्यार्थीले आफुले चाहेको विषय पढ्न पाउँछ । एउटा विषय पढेकोले अर्को विषय पढ्छु भन्दा पाउँछ ।

रोजगारीको अवस्था कस्तो रहेको छ ?
विद्यार्थीको लागि अध्ययनसगैं कामको लागि राम्रो अवसर रहेको छ । कामको न्युनतम रकम तोकेको छ । त्यसकारण पनि अष्ट्रेलियामा अध्ययन गर्दै पढ्न सक्दछन् । अध्ययन पछि पनि आफ्नो सिप अनुसार काम गर्न सक्दछन् । तर नेपालबाट जाँदा कम्तिमा एक वर्षको कलेज शुल्क बुझाउँदा राम्रो हुन्छ । त्यहाँ जाने वित्तिकै विद्यार्थीलाई अफ्ठेरो हुँदैन । त्यसपछि उसले कामसगैं अध्ययन गर्न सक्दछ । अस्ट्रेलियामा पढ्नेहरुको धेरै महत्व भएको र सानो ग्रुप मा पढनु पर्ने भएकोले बिद्यार्थीलाई मानसिक तनाब कम हुन्छ  । तर त्यो कुरा बिध्यार्थीले यहिबाट राम्रो सगॅ बुझेर जान सक्छन ।  किनकि यहाँको बच्चाहरु आमा बुवाको काखबाट सिधै बिदेश जादा यसै त अतालिन्छन त्यस माथि नयाँ नियमको पढाई , नयाँ ठाँऊ, काम खोज्ने दबाब, अनि ६ महिनामै फिस तिर्नु पर्यो भने मानसिक तनाब हुन सक्नु स्वभाविक  हो । आर्थिक अवस्थाले मध्यम बर्गिय परिवारलाई सुरुमा केही गारो हुन सक्छ  यो देश अवसर को स्रोत हो तर ६ महिना देखी १ वर्ष अलि गारो हुन सक्छ । त्यसमा ध्यान दिनु पर्छ ।

विदेशमा अध्ययन गर्न पठाउँदा अभिभावकले के कुरामा ध्यान दिनु पर्दछ ?
विदेशमा अध्ययन गर्न पठाउँदा विशेषगरी छोराछोरीलाई पढ्नलाई प्रेरित गर्नु पर्दछ । साथै कलेजमा नियमित रुपमा आफ्ना छोराछोरी कलेज गए नगएको बुझ्नु पर्दछ । विशेषगरी परिवारबाट टाढा भएपछि र्दुव्यशनीमा पर्ने सम्भावनालाई ध्यान दिनु पर्दछ । अनि अर्को कुरा नेपालबाट विभिन्न सामानहरु पठाउन आग्रह गर्दा उनीहरुलाई समस्या परिरहेको हुन्छ । त्यस्ता कुरामा ध्यान दिनु पर्दछ । छोराछोरीले अध्ययन कलेजको बारेमा पनि ज्ञान राख्नु पर्दछ ।

प्रंशग बदलौं । कोभिड– १९ को समयमा तपाईले कति सहयोग गर्नु भयो ?
हामीले कोभिड–१९ को समयमा समस्यामा परेका धेरै विद्यार्थी आर्थिक सहयोग गरेका थियौं । सिड्नी सिटी कलेज अफ म्यानेजमेन्टले ७० हजार सहयोग गरेको थियौं । साथै मानसिक अवस्थालाई ध्यान दिँदै हाम्रो पहलमा मनोपरामर्श सेवा पनि प्रदान गर्यौ । हामीले अब नियमित रुपमा सहयोग गर्नेछौं । आगामी दिनमा विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले फाउण्डेशन खोलेका छौं ।

तपाइँको प्रतिक्रिया