आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: २३:५९ |सिड्नीको समय: २१:५९ |काठमाडौंको समय: १७:४४

चर्च ब्वाइज ए डिभिजन लिगमा उक्लियो

एएनजेड खबरअप्रिल ५, २०२२

काठमाडौं – चर्च ब्वाइज युनाइटेड क्लब बाँसबारी क्लबलाई ५–१ गोल अन्तरले हराउँदै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा  बढुवा भएको छ ।
सहिद स्मारक ‘बी’डिभिजन लिगअन्तर्गत  एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा चर्च ब्वाइजलाई जिताउन साइमन लिम्बू एक्लैले चार गोल गरेका थिए । उनले खेलको ७, ३७, ४१ र ८१ औं मिनेटमा गोल गरे । ८१ औं मिनेटको उनको गोल भने पेनाल्टीमा भएको थियो । यस्तै आशिष चौधरीेले १ गोल १७ औं मिनेटमा गरेका थिए । mबाँसबारी सन्जीव धिमालले ५८औं मिनेटमा गोल गरे ।
१२ खेलमा २६ अंक जोडेको चर्च ब्वाइज बी डिभिजन लिगमा १ खेल बाँकी छँदै शीर्ष डिभिजनमा बढुवा भएको हो । बी डिभिजनबाट दुई टिम ए डिभिजनमा उक्लिने छन् । अर्को टिमको टुंगो लाग्न भने बाँकी छ ।

तपाइँको प्रतिक्रिया