आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०१:५४ |सिड्नीको समय: २३:५४ |काठमाडौंको समय: १९:३९

खुमलटार युथ क्लब ए डिभिजन लिगमा बढुवा

एएनजेड खबरअप्रिल १०, २०२२

काठमाडौं – खुमलटार युथ क्लब सहिद स्मारक ए डिभिजनमा बढुवा भएको छ । सहिद स्मारक  बी डिभिजन लिग अन्तर्गत आइतबार भएको खेलमा सामाजिक युथ क्लबलाई २–१ ले पराजित गर्दै खुमलटार पहिलो पटक ए डिभिजनमा उक्लेको हो ।
यसअघि चर्च ब्वाइज युनाइटेड बी डिभिजन च्याम्पियन बन्दै ए डिभिजनमा बढुवा भइसकेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सामाजिक युथका विकास लिम्बुले खेलको अन्तिम समयमा आत्मघाती गोल गरेपछि खुमलटार विजयी भएको हो । त्यसअघि सविन केसीले गोल गर्दै खुमलटारलाई पहिले अग्रता दिलाएका थिए ।

सुरेश खत्रीले सामाजिक युथ क्लबका लागि बराबरी गोल फर्काएका थिए । पराजित सामाजिक युथ क्लब सी डिभिजनमा घटुवा भएको छ । यसअघि नै झम्सिखेल युथ क्लब सी डिभिजनमा घटुवा भइसकेको छ । १४ टोली सहभागी बी डिभिजन लिगबाट दुई टोली ए डिभिजन लिगमा बढुवा भए भने दुई क्लब सी डिभिजनमा घटुवा भएका हुन् ।

तपाइँको प्रतिक्रिया