आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: २१:३७ |सिड्नीको समय: १९:३७ |काठमाडौंको समय: १५:२२

कुनै ठाउँमा गठबन्धनकै दलबीच पनि प्रतिस्पर्धा हुन सक्छ : प्रवक्ता महत

एएनजेड खबरअप्रिल १७, २०२२

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बैशाखमा हुने निर्वाचनमा कुनै स्थानीय तहमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा पनि हुन सक्ने बताएका छन् ।
आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भइरहेका बेला पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै डा. महतले कुनै स्थानीय तहमा गठबन्धनका एक भन्दा बढी दललाई आफूले जित्छु भन्ने लागेमा मैत्रीपूर्ण प्रतिस्पर्धा पनि हुन सक्ने बताएका हुन् । तर त्यस्तो स्थानीय तहमा नेकपा एमालेसँग गठबन्धन भने कुनै दलले गर्न नपाउने उनले स्पष्ट पारे।
‘कुनै ठाउँमा सहमति भएन । मेरै शक्ति छ, मेरै जनाधार बढेको छ, विपक्षी दलले जित्दैन भन्ने आयो भने त्यस्तो ठाउँमा फ्रेन्डली प्रतिस्पर्धा पनि हुन सक्छ’ उनले भने, ‘तर हामी एक अर्कामा मिलेनौं भनेर एमालेसँग गठबन्धन गर्न जाँदैन ।’
प्रबक्ताडा डा. महतले कुनै स्थानीय तहमा गठबन्धन गर्ने विषयमा सहमति जुटेन भने बेलैमा जानकारी गराउन पार्टीको तल्ला समितिलाई आग्रह समेत गरे ।

तपाइँको प्रतिक्रिया