आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ००:३३ |सिड्नीको समय: २२:३३ |काठमाडौंको समय: १८:१८

च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल

एएनजेड खबरमे ४, २०२२

काठमाडौं – इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । स्पानिस क्लब भियारियलको जबरजस्त पुनरागमन प्रयासलाई रोक्दै लिभरपुलले फाइनलमा स्थान पक्का गरेको हो ।

बुधबार भियारियलको मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलले दोस्रो हाफमा तीन गोल गर्दै खेल ३-२ ले जित्यो । पहिलो लेगको खेल २-० ले सहजै आफ्नो पक्षमा पारेको लिभरपुलले समग्रमा ५-२ ले नतिजा आफ्नो पक्षमा पारेको हो ।

तपाइँको प्रतिक्रिया