मंगलबार, वैशाख २५, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: ०३:१५ |सिड्नीको समय: ०१:१५ |काठमाडौंको समय: २१:००

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो

एएनजेड खबरमे १५, २०२२

काठमाडौं – सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको हो ।

तपाइँको प्रतिक्रिया