मंगलबार, वैशाख २५, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: २२:२२ |सिड्नीको समय: २०:२२ |काठमाडौंको समय: १६:०७

प्रधानमन्‍त्रीको गृह पालिका गन्यापधुरामा कांग्रेसका इन्द्रबहादुर कार्की विजयी

एएनजेड खबरमे १५, २०२२

डडेलधुरा – प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा इन्द्रबहादुर कार्की दोब्बर मतान्तरसहित निर्वाचित भएका छन् ।
कार्कीले ३ हजार ३८४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बीपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी भएकी छिन् । उनले ३ हजार १३ मत पाइन् ।
उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र महराले एक हजार ७०३ मत पाएका छन् ।

तपाइँको प्रतिक्रिया