मंगलबार, वैशाख २५, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: ०६:०८ |सिड्नीको समय: ०४:०८ |काठमाडौंको समय: २३:५३

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा

एएनजेड खबरमे १६, २०२२

काठमाडौं – रुपन्देहीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । विमानस्थलको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन् ।

विमानस्थलको उद्घाटनसँगै कुबेतको जजिरा एयरबेजको जहाज बिहान ७ बजेर ८ मिनेटमा विमानस्थलमा अवतरण गरेको छ । यस्तै नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज पनि बिहान ६ बजेर ५५ मिनेटमा अवतरण गरेको छ ।

निगमले व्यावसायिक उडान गर्दा जजिराको जहाज दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान यही जेठ २९ गतेमात्र हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

तपाइँको प्रतिक्रिया