आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १५:२८ |सिड्नीको समय: १३:२८ |काठमाडौंको समय: ०९:१३

नेपाल युगान्डासँग १२ रनले पराजित

एएनजेड खबरमे १७, २०२२

काठमाडौं – नेपाली महिला क्रिकेट टोली आज युगान्डासँग १२ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको युगान्डाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०२ रन बनाएको थियो । १०३ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सकेको हो । 

यससँगै युगान्डाले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा १–० को अग्रता लिएको थियो । नेपालका लागि उपकप्तान इन्दु बर्माले सबैभन्दा धेरै १६ रन बनाइन् । डोली भट्टले १३, ओपनर विन्दु रावलले १२ र कविता कुँवरले अविजित ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

युगान्डाकी कोनसी अवेको र सराह एकितेङले दुई विकेट लिए । जनेट एमबाबाजी र रिता मुसामालीले एक/एक विकेट लिए । त्यसअघि, युगान्डाकी एमबाबाजीले सबभन्दा धेरै २९ रन बनाएकी थिइन् । रिता न्यानगेन्डोले १८, मुसामालीले अविजित १३ र फ्रान्कलिन नाजुम्बाले १२ रन बनाए ।  नेपालकी कविता कुवरले दुई विकेट लिएकी थिइन् । कप्तान रविना क्षेत्री, कविता जोशी र इन्दुको नाममा एक–एक विकेट रह्यो । 

नेपालले दोस्रो खेल मंगलबार त्रिवि क्रिकेट मैदानमै खेल्नेछ । 

तपाइँको प्रतिक्रिया