शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: १९:१४ |सिड्नीको समय: १७:१४ |काठमाडौंको समय: १२:५९

५५१ पालिकाको नतिजा सार्वजनिक

एएनजेड खबरमे १९, २०२२

काठमाडौं– बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम तिब्र भएको छ । हालसम्मको नतिजाले नेपाली काँग्रेस पहिलो दल हुने भएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा दोस्रो पार्टी भएको काँग्रेसले २०७९ मा आइपुग्दा पहिलो भएको छ। काँग्रेसले बिहीबार बिहानसम्म २४५ स्थानीय तहमा जित हासिल गरेको छ । जसमा नगरपालिका मेयर ८३ र गाउँपालिका अध्यक्ष पद १६२ समावेश छ ।
त्यसैगरी २०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो स्थान ओगटेको नेकपा एमाले २०७९ सालमा आइपुग्दा दोस्रो भएको छ । नतिजाअनुसार एमालेले १५७ स्थानीय तह जितेको छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार अझैपनि काँग्रेसले ६७ स्थानमा अग्रता बनाएको छ भने एमालेले ४४ स्थानमा अग्रता बनाएको छ ।
त्यस्तै १०२ स्थानीय तहमा जित हासिल गरेको नेकपा माओवादी केन्द्रले १६ स्थानमा अझै अग्रता बनाएको छ । नतिजाअनुसार माओवादी केन्द्रको तेस्रो स्थान कायम हुने देखिएको छ ।
यस्तै एकीकृत समाजवादी पार्टी चौथो दल हुने देखिएको छ । सो पार्टीले २० स्थानमा विजय हासिल गर्दा ११ स्थानीय तहमा अझै अग्रता कायमै गरेको छ। मधेसी दलसहित अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले भने २७ स्थानमा जित हासिल गर्दा ३३ वटामा अग्रता रहेको छ । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच महानगर र उपमहानगरसहित केही पालिकामा गठबन्धन भएको थियो भने एमालेले पनि राप्रपासहितका केही साना पार्टीसँग गठबन्धन गरेको थियो ।

तपाइँको प्रतिक्रिया