आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०९:०५ |सिड्नीको समय: ०७:०५ |काठमाडौंको समय: ०२:५०

राष्ट्रिय टिमको उपकप्तानमा रोहित पौडेल

एएनजेड खबरमे २०, २०२२

काठमाडौं -नेपाली राष्ट्रिय क्रिकेट टिमको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन्। रोहितलाई उपकप्तान नियुक्त गरेको नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार जनाएको छ।

क्यानका अनुसार रोहितलाई अमेरिका र स्कटल्यान्ड भ्रमणका लागि उपकप्तान बनाइएको हो। १९ वर्षीय रोहितले नेपालका लागि १७ एकदिवसीय र १६ टी-२० खेलिसकेका छन्। रोहितले सन् २०१८ मा राष्ट्रिय टिममा डेब्यू गरेका छन्।

तपाइँको प्रतिक्रिया