शनिबार, वैशाख २२, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०२:२१ |सिड्नीको समय: ००:२१ |काठमाडौंको समय: २०:०६

प्रधानमन्त्री र अमेरिकी उपमन्त्रीबीच भेटवार्ता

एएनजेड खबरमे २२, २०२२

काठमाडौं- अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जेयाले प्रधानमन्त्री शेरबहादुर देउवासँग  भेटवार्ता गरेकी छिन् । चार सदस्यीय भ्रमण टोलीको नेतृत्व गरेकी उपमन्त्री जेयाले प्रधानमन्त्री देउवासँग आइतबार बिहान बालुवाटार पुगेर भेट गरेकी हुन् ।

भेटका बारेमा प्रधानमन्त्री देउवाले ट्वीटरमार्फत् जानकारी दिएका छन् । ‘अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलसँग भेट्दा खुसी लागेको छ,’ देउवाले ट्वीटरमा लेखेका छन्, ‘भेटका क्रममा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा विचार आदानप्रदान भएको छ ।’

तपाइँको प्रतिक्रिया