आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १२:१४ |सिड्नीको समय: १०:१४ |काठमाडौंको समय: ०५:५९

मेघराज केसी यू–२० राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्त

एएनजेड खबरमे २६, २०२२

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले मेघराज केसीलाई यू–२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
एन्फाले बिहीबार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । एन्फाले एएफसी यू–२० एसियन कप छनोटका लागि मेघराजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
प्रशिक्षक मेघराजले मंगलबारबाट जिम्मेवारी सम्हाल्नेछन् । एएफसी यू–२० एसियन छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।
नेपालको समूहमा कतार, बहराइन, भुटान र बंगलादेश रहेको छ । यस समूहको छनोट खेल बहराइनमा हुनेछ । समूह चरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म हुनेछ ।

समूह विजेताले २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् ।

तपाइँको प्रतिक्रिया