शनिबार, वैशाख २२, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०२:०० |सिड्नीको समय: ००:०० |काठमाडौंको समय: १९:४५

साउन १ बाट इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही

एएनजेड खबरजुन ३, २०२२

काठमाडौं -०७९ साउन १ गतेभित्र अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । इम्बोस्ड नम्बर प्लेट जाडन नभए साउन १ गतेबाट कारबाही हुने यातायात व्यवस्था विभागले जनाएको छ ।
वागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारीहरुमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने विभागले जनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची–२, भाग–२ र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ४ को उपनियम (४) मा रहेको प्रावधान कार्यान्वयन गर्न लागिएको विभागले जनाएको छ । प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयहरुमा दर्ता रहेका सबै सवारीमा चरणबद्ध रुपमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न ०७८ कात्तिक २२ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको थियो ।

वाग्मती प्रदेशको एकान्तकुना–ललितपुर र गुर्जुधारा–काठमाडौं र गण्डकी प्रदेशको पोखरा–कास्कीमा रहेका यातायात व्यवस्था कार्यालयहरुमा आवश्यक पूर्वाधारसमेत तयार गरिएको विभागले जनाएको छ ।

तपाइँको प्रतिक्रिया