आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १७:४५ |सिड्नीको समय: १५:४५ |काठमाडौंको समय: ११:३०

नेपालले भुटानलाई हरायो

एएनजेड खबरजुन ६, २०२२

काठमाडौं– आइसिसी महिला यू-१९ टी-२० विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले भुटानलाई पराजित गरेको छ। नेपालले सोमबार मलेसियामा भएको खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको हो।
भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३.१ ओभरमा ६ विकेट गुमाएर पार गर्‍यो। नेपालका लागि सन्जु राजवंशीले नटआउट ३० रन जोडिन्। उनले ३२ बलमा ५ चौका हिर्काइन्। सना प्रवीनले १२ रन जोड्दा अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आएट भए।

नेपालको जितमा सानु राजवंशीले अविजित रहदै सर्वाधिक ३० रनको योगदान गरिन् । साना प्रविनले १२ रन जोड्दा सृष्टि जैसीले ८ रन तथा आश्मा पुलामीमगर ३ रनको योगदान गरिन् । भुटानका सांगे वाङ्मोले तीन तथा अन्जुली घली र सोनमले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो । भुटानका लागि कप्तान एन्गावाङ छोडेन र सांगे वाङ्मोले समान ११ रन बनाईन् । पेमा याङ्चेनले ९ तथा छाडो ओमले ६ रन जोडिन ।
जितसँगै नेपालले ३ खेलमा ४ अंक जोडेको छ । नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ ।नेपालले अब मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।

तपाइँको प्रतिक्रिया