आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ११:०६ |सिड्नीको समय: ०९:०६ |काठमाडौंको समय: ०४:५१

सन्दीप लामिछाने काठमाडौँ उत्रेलगत्तै पक्राउ पर्ने !

एएनजेड खबरसेप्टेम्बर ८, २०२२

नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछाने कुनैपनि बेला पक्राउ पर्ने भएका छन् ।
उनलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले आज प्रहरीलाई अनुमति दिएको छ ।
उनीविरुद्ध एक नाबालिक किशोरीले गौशला प्रहरीमा बलात्कारको जाहेरी दिएकी छन् ।
प्रहरीले घट्नाबारे अनुशन्धान अघि बढाएको छ । लामिछाने भने यतिवेला विदेशमा छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालायका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुकले लामिछानेलाई पक्राउ गरी अनुसन्धानका लागि अनुमति प्राप्त भएको जानकारी दिए ।

पक्राउ पुर्जी ल्याएपछि प्रहरीले नेपाल क्रिकेट संघ (क्यान)मार्फत लामिछानेलाई फिर्ता गर्न औपचारिक आग्रह गर्ने तयारी गरेको छ । त्यसपछि पनि लामिछाने नआए इन्टरपोल वा अरू माध्यमबाट उनलाई नेपाल झिकाइने प्रहरी स्रोतको भनाइ छ ।

लामिछानेले भने क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लसँगको टेलिफोन कुराकानीमा आफू निर्दोष भएको र सीपीएल सकिनेबित्तिकै वेस्ट इन्डिजबाट फर्किने बताएका छन् । लामिछाने नेपाली टोलीको नेतृत्व गर्दै उनी केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न भदौ ६ गते नैरोबी प्रस्थान गरेका थिए । उनी त्यतैबाट सीपीएल खेल्न वेस्ट इन्डिज गएका हुन् । बिहीबार बिहान उनीसम्मिलित टिम जमैका तलावाजको खेल भए पनि उनलाई भने खेलाइएको थिएन । क्यानसँगको कुराकानीमा भने उनले टिमले घटनाबारे थाहा पाए पनि खेल्न कुनै समस्षा नहुने बताएका छन् ।



तपाइँको प्रतिक्रिया