आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०९:५४ |सिड्नीको समय: ०७:५४ |काठमाडौंको समय: ०३:३९

बंगलादेश विरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा

एएनजेड खबरसेप्टेम्बर २४, २०२२

बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ । टिमका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले २३ सदस्यीय टिमको सूची जारी गरेका हुन् ।
प्रशिक्षक हुमागाईंले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट यो अन्तिम सूची तयार पारेका हुन् । नेपाल र बंगलादेशबीचको खेल दशरथ रंगशालामा असोज ११ मा हुनेछ ।
टिम यस प्रकार छ

गोलरक्षक : किरण लिम्बू, विकेश कुथु, विशाल श्रेष्ठ र दीप कार्की

डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकाश तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल
मिडफिल्डर : सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज ठकुरी, एरिक विष्ट

फरवार्ड : विमल घर्तीमगर, ऋतिक खड्का, मनीष डाँगी, अञ्जन विष्ट, आशिष चौधरी ।




तपाइँको प्रतिक्रिया