मंगलबार, वैशाख २५, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: १०:०० |सिड्नीको समय: ०८:०० |काठमाडौंको समय: ०३:४५

टेनिस स्टार फेडेररले सन्यास लिए

एएनजेड खबरसेप्टेम्बर २४, २०२२
This image has an empty alt attribute; its file name is Federer-3.jpeg

स्वीस टेनिस स्टार रोजर फेडेररले व्यवसायिक टेनिस खेल जीवनबाट सन्यास लिएका छन् ।लेभर कपमा स्पेनिस टेनिस स्टार राफायल नाडालसँग जोडी बनाएर फेडेररले टेनिसबाट सन्यास लिएका हुन् ।
२० पटकको ग्रान्डस्लाम विजेता ४१ वर्षीय फेडेरर टेनिस इतिहासका उत्कृष्ट खेलाडीमध्ये एक हुन् । पूर्व विश्व नम्बर एक फेडेररले २५ वर्षको व्यावसायिक करियरलाई सिंगल्स र डबल्समा आफ्नो १,७५०औँ प्रतिस्पर्धात्मक खेलपछि अन्त्य गरेका हुन् ।

‘यो एक अद्भुत दिन थियो । म खुसी छु, दुखी छैन । यहाँ आउन पाउँदा धेरै राम्रो लाग्छ । म खुसी छु कि मैले यो पार गर्न पाएको छु ।’ सन्यास लिएपछि फेडेररले भने ।

सन्यास दौरान फेडेररसँगै रहेका उनका समकालीन प्रतिद्धन्द्धी ३६ वर्षीय नाडाल रोए । ‘१७ हजार ५ सय समर्थकमाझ फेडेररले सन्यास लिए । उनी रोए । नाडाल र अन्य खेलाडीहरूलाई अँगालो हाले । नाडालले पनि आँसु थाम्न सकेनन् ।

तपाइँको प्रतिक्रिया