आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: २१:५६ |सिड्नीको समय: १९:५६ |काठमाडौंको समय: १५:४१

नन्द गुरूङको ‘नेपालै जाउॅ जाउॅ’ लाग्छ गीतमा रमनको स्वर(भिडियो सहित)

एएनजेड खबरअक्टोबर ४, २०२२


नन्दु गुरूङ, अष्ट्रेलियाका नेपालीहरूमाझ निक्कै चिरपरिचित नाम, एनआरएन अष्ट्रेलिया अध्यक्ष पछिल्लो पटक उनको परिचय ! यसका अलावा उनी बैंकर, मोर्टगेज ब्रोकर, क्याफे मालिक, फुटबल खेलाडी बिभिन्न स्वरूपमा सफल भईसकेका व्यक्ति हुन् । अब यीनै बहुमुखी प्रतिभाका धनी गुरूंगको परिचयमा अर्को उपमा थपिएको छ गीतकारको ।
परदेश भासिएका नेपालीहरूले घरदेशलाई भक्कानिएर सम्झने विशेष समय हो दशै , तिहार र छठ जस्ता चाडपर्व । यति बेला नेपाल जाने मन कुन चाहि नेपालीलाई नहोला र !
परदेशिएका यी लाखौ नेपालीको आवाजलाई आफ्ना गीत मार्फत शव्दमा उतारेका छन् नन्दु गुरूंगले ! अनि धेरै नेपालीले चाहेकै जस्तो गीतको बोल नै छ, “नेपालै जाउ जाउ लाग्छ” । अनि ती मर्मस्पर्शी शव्दलाई आफ्ना जादुमय स्वरवाट गाएका छन्, सुमधुर स्वरका धनी गायक रमन रेग्मीले, शशक्त सव्द र सुमधुर स्वरमा जादुमय संगीत भरेका छन् चर्चित संगीतकार राजनराज शिवाकोटीले ।

म्यूजिक भिडियो सहित सार्वजनिक गरिएको गीतले परदेशमा रहेर आफ्नो मातृभूमी प्रतिको मायालाई दर्शाएको छ । म्यूजिक भिडियोमा अभिनेता आमेश भण्डारी, लक्ष्मी गिरी लगायतले मुख्य अभिनय गरेका छन् । उनीहरुलाई भिडियोमा आमा छोराको भुमिकामा देख्न सकिन्छ ।
त्यस्तै सुष्मिता कुँवर र आकृति गौतमको समेत अभिनय रहेको गीतको भिडियो दिन्सन शाहले सम्पादन गरेका हुन् । बुद्ध थापा (नेपाल) तथा कवि सुवेदी (सिड्नी) द्वारा छायांकन गरिएको म्यूजिक भिडियोमा केशव राज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको छ ।
यो भिडियो हाइलाइट्स नेपालको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

तपाइँको प्रतिक्रिया