मंगलबार, वैशाख २५, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: १०:१८ |सिड्नीको समय: ०८:१८ |काठमाडौंको समय: ०४:०३

नया नेतृत्व चयन गर्दै अष्ट्रेलियाका नेपाली पत्रकार, शनिवार होबार्टमा साधारणसभा हुदै

एएनजेड खबरनोभेम्बर ३, २०२२
This image has an empty alt attribute; its file name is IMG_3603-1-920x1024.jpg


अष्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरुको संस्था अष्ट्रेलियन नेपलिज जर्नालिष्ट एसोसियसन (एन्जा)को दोस्रो सम्मेलन तास्मानियाको होर्बाटमा आगामी नोभेम्बर ५ तारिख शनिबार हुने भएको छ ।

होबार्टको भाइभस् होटलमा ५ नोभेम्बरमा साधारण सभा हुने तय भएको एन्जाले जनाएको छ भने साधारणसभाको एक दिन अघि शुक्रवार द चोकमा रात्री भोजको आयोजना हुने कार्यक्रम रहेको छ ।
शनिवार दिउसो बन्द सत्र मार्फत साधारण सभा गर्नुका साथै आगामी कार्यकालका लागि नया नेतृत्व चयन हुनेछ ।

तास्मानियाका स्थानिय पत्रकार द्वय छत्र शंकर र खगेन्द्र सत्यालले साधारणसभा तयारी पुरा भएको र एन्जाको दोश्रो साधारणसभा भव्य हुनेमा आफुहरू निश्चित रहेको जानकारी दिएका छन् ।
साधारणसभालाई भव्यताका साथ सफल बनाउन उपाध्यक्ष निरू त्रिपाठी, महासचिव चिरन्जीवी देवकोटा, सचिव सरल गुरूंग, सदस्य नारायण खड्का बिहीवार नै तास्मानिया पुगिसकेका छन् भने संरक्षक हेमन्त काफ्ले, अध्यक्ष ऋषि आचार्य, कोषाध्यक्ष कृष्ण तिवारी, सदस्य तक्दीर अधिकारी लगायतका पत्रकारहरू शुक्रवार होवार्ट पुग्नेछन् ।

साधारण सभाको खुल्ला सत्रमा तास्मानियाका समाजिक व्यक्तित्वहरुलाई निम्तो दिइएको छ ।

तपाइँको प्रतिक्रिया