आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १८:५२ |सिड्नीको समय: १६:५२ |काठमाडौंको समय: १२:३७

राष्ट्रपति पौडेल संसद् भवन तामझाम नगरी सामान्य तरिकाले जाने 

एएनजेड खबरमे १९, २०२३

 राष्ट्रपति रामचन्द्र पौडेल संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सामान्य तरिकाले जाने भएका छन्। आज सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम भएकोले उनी कुनै तामझाम बिना नै संसद् भवन पुग्ने भएका हुन्। 

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिका राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन जाँदा राष्ट्रपति भवनदेखि नयाँ बानेश्वरसम्मकै सडक खाली गरेर जाने परम्परालाई तोड्दै राष्ट्रपति पौडेलले जनतालाई सास्ती नदिने भन्दै सामान्य तरिका अपनाउने घोषणा नै गरेका थिए।  

राष्ट्रपति पौडेल सडक खाली नगरी सामान्य तरिकाले संसद् भवनसम्म पुग्ने र संसद् भवन भित्र मात्रै  रिसल्ला सहितको  कारकेड सहितको सम्मान लिने छन्। 

नागरिकलाई अप्ठ्यारो नहुने गरी राष्ट्रपतिको सवारी हुने शीतल निवासले जनाएको छ।  बाटोमा कुनै तामझाम नगरी  परम्परा धान्नका लागि गरिने अन्य कार्य संसद् भवनभित्र नै हुने बताएको छ। 

तपाइँको प्रतिक्रिया