आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०८:४८ |सिड्नीको समय: ०६:४८ |काठमाडौंको समय: ०२:३३

मञ्जु खाँण दुवै सदनको संयुक्त बैठकमा प्रकट

एएनजेड खबरमे २०, २०२३

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि केही दिनदेखि सार्वजनिक कार्यक्रममा नदेखिएकी नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण हिजोको संसद बैठकमा उपस्थित भएकी छन्।

सरकारको नीति तथा कार्यक्रम घोषणा गर्न बोलाइएको राष्ट्रिय साभा र प्रतिनिधि सभको संयुक्त बैठकमा उनी देखापरेकी हुन्।

वैशाख २७ मा उनका श्रीमानसमेत रहेका कांग्रेसका केन्द्रीय सदस्य, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको थियो। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा खाणलाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ।

बालकृष्ण पक्राउ परेसँगै मन्जु सार्वजनिक रूपमा नदेखिँदा अनेक कोणबाट चर्चा भइरहेका थिए। कतिपयले उनी स्वदेशमा नरहेको दाबीसमेत गरेका थिए।

तपाइँको प्रतिक्रिया