आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १५:२० |सिड्नीको समय: १३:२० |काठमाडौंको समय: ०९:०५

न्युजिल्याण्डमा तीनदिन ७० औं सगरमाथा दिबस मनाइने

एएनजेड खबरमे २२, २०२३

गैर आबासीय नेपाली संघ न्युजिल्याण्डले सगरमाथा दिवस मनाउने भएको छ। सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ्ग नोर्गे शेर्पाले पहिलो पाइला टेकेको ७० बर्ष पुगेको अवसरमा सगरमाथा दिवस भनेर मनाउन लागेको हो।

विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गर्ने न्युजिल्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ्ग नोर्गेको सम्झनामा गैर आबासीय नेपाली संघ न्युजिल्याण्डले २०१४ देखि हरेक बर्ष यस दिवस भनेर मनाउदै आएको छ।

सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ्ग नोर्गे शेर्पाले सन् १९५३ मे २९ का दिन विश्वको सर्बोच्च शिखर सगरमाथा माथि पाइला टेकेका थिए।

यस अवसरलाई बिशेष रुपमा मनाउन न्युजिल्याण्डको अक्ल्याण्डमा २७ मे का दिन, ह्यामिलटनमा २८ मे का दिन र ३१ मे का दिन वेलिंगटनमा विभिन्न कार्यक्रमहरुका साथ मनाउने तैयारी भरहेको छ। यी कार्यक्रमहरुमा न्युजिल्याण्डमा रहनु भएका सगरमाथा आरोहीहरुलाई सम्मान गर्दै हिमाल अरोहणसंग जोडिएका महत्वपूर्ण पक्षहरुको स्मरण गरिनेछ। सर एडमण्ड हिलारीले स्थापना गरेका संस्था हिमालयन ट्रस्टले सगरमाथा क्षेत्रमा शिक्षा, स्वास्थ्य पर्यावरण लगायत क्षेत्रमा उल्लेखनीय कार्यहरु गरिरहेको र यी कार्यहरुलाई निरन्तरता दिन सगरमाथा दिवसले सघाउ पुर्याउने गरेको बताइएको छ।

७० औं दिवस परेको बिशेष समयमा २९ मे का दिनलाई न्युजिल्याण्डमा खास रुपमा चिनाउन न्युजिल्याण्डको क्यालेन्डरमा महत्वकासाथ समाबेश गर्नको लागि प्रधानमन्त्रि समक्ष अनुरोध गरिने योजना रहेको पनि गैर आबासीय नेपाली संघ न्युजिल्याण्डले जनाएको छ।

तपाइँको प्रतिक्रिया