आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १५:३२ |सिड्नीको समय: १३:३२ |काठमाडौंको समय: ०९:१७

राजबंशी कोटामा जापान लग्ने भन्दै करोडौं ठगी गर्ने अजय राजबंशी पक्राउ

एएनजेड खबरमे २२, २०२३

जापान पठाइदिने भन्दै सर्वसाधरणबाट दुई करोड ५३ लाख भन्दा बढी रकम ठगी गर्ने पक्राउ परेका छन्। मोरङको सुनवर्षी नगरपालिका– ६ का ३७ वर्षीय अजयकुमार राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो।

राजबंशीले वैदेशिक रोजगारीका लागि राजबंशी कोटामा जापान लगिदिने भन्दै रकम ठगेको भनि मोरङ र झापाका ३६ जना युवाले जिल्ला प्रहरी कायर्यालय मोरङमा उजुरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कायर्यालय मोरङले जानकारी दिएको छ।

३६ जनाबाट २ करोड ५३ लाख ७५ हजार रुपैयाँ ठगी गरेको उजुरीमा उल्लेख छ । एक वर्षदेखि फरार अवस्थामा रहेका राजवंशीलाई शनिबार विराटनगरबाट पक्राउ गरिएको हो । बैदेशिक रोजगारीका लागि जापानमा रहेका उनले राजवंशी कोटामा जापान लैजाने भन्दै राजवंशी समुदायका युवाहरुलाई प्रलोभनमा पारेर ठगी गरेको पाइएको छ

तपाइँको प्रतिक्रिया