आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १०:५३ |सिड्नीको समय: ०८:५३ |काठमाडौंको समय: ०४:३८

नक्कली भुटानी शरणार्थी प्रकरण: खाँड र रायमाझीसहित ३२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

एएनजेड खबरमे २३, २०२३

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३२ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिल समक्ष सिफारिस गरेको छ ।हिजो ३२ जना विरुद्ध मुदा चलाउनुपर्ने निष्कर्ष सहितको अनुसन्धान प्रतिबेदन नेपाल प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

अझैँ १६ जनालाई फरार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सरकारी वकिलको कार्यालयले प्रतिबेदन बुझेसंगै अध्यन गरेर विहिबारसम्म मुद्धा दायर गर्ने सरकारी वकिल कार्यलयले जानकारी दिएको छ ।

करिब दुई महिनाको अनुसन्धानपछि प्रहरीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने नाममा भएको करिब एक अर्ब ठगी बारेको अनुसन्धान प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा हालसम्म पक्राउ परेका १६ जना नै दोषी रहेको निष्कर्ष छ । पक्राउ परेका र अन्य पक्राउ गर्न बाकि सबैलाई संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन प्रतिवेदन मार्फत सिफारिस गरिएको हो

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने नाममा संगठित रूपमा सांसद, सरकारी कर्मचारी, बिचौलियादेखी तत्कालिन मन्त्रीसम्मको गिरोहले करिब सात वर्ष अगाडिदेखि ठगी धन्दा चलाएको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेको छ । प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदनमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायतलाई साढे १८ वर्षसम्मको जेल सजाय र यही प्रकरणबाट जम्मा गरेको सम्पत्ती जफत गर्न माग गरिएको छ ।

तपाइँको प्रतिक्रिया