आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १५:१७ |सिड्नीको समय: १३:१७ |काठमाडौंको समय: ०९:०२

आफ्नै किर्तिमान तोड्दै कामीरिता शेर्पा सगरमाथाको चुचुरोमा

एएनजेड खबरमे २३, २०२३

विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै कितिमान तोड्दै आज बिहान पुुनः सगरमाथाको चुचुरोमा पुगेका छन् । यसअघिको २७ औं पटक सगरमाथा चढेर राखेको आफ्नै कीर्तिमान तोडेर २८ औं पटक सफल सगरमाथा आरोहण गरेका हुन्।

शेर्पा आज बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको बताइएको छ । यो सिजनमा उनी दोस्रो पटक सगरमाथाको चुचुरोमा पुगेका हुन् । उनले यसअघि जेठ ३ गते सगरमाथाको सफल आरोहण गरेर २७ औं पटकको कीर्तिमान राखेका थिए ।

सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पा अहिले ५३ वर्षका भए। उनी पहिलोपटक सगरमाथा चढ्दा कामिरिता २४ वर्ष थिए।

तपाइँको प्रतिक्रिया