शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २१:२८ |सिड्नीको समय: १९:२८ |काठमाडौंको समय: १५:१३

युरोपियन लिग खेल्न स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान !

एएनजेड खबरअगस्ट १, २०२३

नेपालीको महिला राष्ट्रिय फुटबल टीमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन् । इजरायलको शीर्ष श्रेणीको
महिला क्लब लिग फुटबल खेल्न उनी आज इजरायल प्रस्थान गरेकी हुन् ।

उनले हापोएल रानाना क्लबबाट खेल्ने छिन् । सावित्रा युरोपियन लिग खेल्न जाने पहिलो नेपाली खेलाडी समेत बनेकी छन्।

सावित्राले भारतमा पनि लिग खेलिसकेकी छन् । उनी आवद्द क्लबले उपाधी समेत हासिल गरेको थियो।

इजरायल एसियन राष्ट्र भए पनि त्यहाँको क्लबले युईएफएमा आबद्ध भएर युरोपियन क्लब फुटबल खेल्दै आएको छ ।

तपाइँको प्रतिक्रिया