शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २२:५१ |सिड्नीको समय: २०:५१ |काठमाडौंको समय: १६:३६

महिला विश्वकपको उपाधी स्पेनलाई

एएनजेड खबरअगस्ट २०, २०२३

स्पेनले पहिलो पटक फिफा महिला विश्वकपको उपाधि उचालेको छ। युरोपियन च्याम्पियन इंग्ल्याण्डलाई पराजित गर्दै उसले उपाधी हासिल गरेको हो।

योसँगै स्पेन नवौँ संस्करणको महिला विश्वकपले नयाँ च्याम्पियन बनेको हो। स्पेन र इंग्ल्याण्ड पहिलो पटक विश्वकपको फाइनलमा पुगेका थिए।

यसअघि अमेरिकाले चार पटक, जर्मनीले दुई तथा नर्वे र जापानले समान एक पटक यो उपाधि उचालेका थिए।

सिड्नीको स्टेडियममा आइतबार भएको फाइनलमा स्पेनले इंल्याण्डलाई १–० गोलले पराजित गर्दै विश्वकपको उपाधि उचालेको हो।

खेलको दोस्रो हाफमा इंल्याण्डले केही सुधारिएको प्रर्दशन गरेपनि जित निकाल्न भने सकेन। खेलको २९ औं मिनेटमा कप्तान ओल्गा कामोनाले गरेको गोल र्नै स्पेनका लागि निर्णायक बन्यो।

खेलको ६९ औं मिनेटमा जेनिफर हमोसोले हानेको पेनाल्टी प्रहार इंग्ल्याण्डकी गोलरक्षक मेरी इयपयर्सले सहजै बचाइन्। पेनाल्टी एरियामा ह्याण्ड भएपछि स्पेनले पेनाल्टीको मौका पाएको थियो।

तपाइँको प्रतिक्रिया