शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०१:१९ |सिड्नीको समय: २३:१९ |काठमाडौंको समय: १९:०४

अष्ट्रेलियामा सैन्य अभ्यास गर्दै गर्दा अमेरिकी हेलिकप्टर दुर्घटना

एएनजेड खबरअगस्ट २७, २०२३

सैन्य अभ्यासका क्रममा अष्ट्रेलियामा अमेरिकी हेलिकप्टर दुर्घटना भएको छ। स्काई न्यूज अष्ट्रेलियाले एक अमेरिकी हेलिकप्टर डार्विनको तटमा सैन्य अभ्यासको क्रममा दुर्घटनाग्रस्त भएको जनाएको हो।

२० अमेरिकी मरीन सैनिक सवार हेलिकप्टर दुर्घटनामा तीन जना अमेरिकी सैनिक घाइते भएका छन्, भने एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

स्काई न्यूजका अनुसार स्थानीय समय अनुसार बिहान करिब ११ बजे ओस्प्रे हेलिकप्टर मेलभिल टापु नजिकै दुर्घटनाग्रस्त भएको थियो।

यो हेलिकप्टर सैन्य अभ्यास ‘प्रिडेटर रन ड्रिल’ मा सहभागी भएको थियो । यसमा अमेरिका, अष्ट्रेलिया, इन्डोनेसिया, फिलिपिन्स र टिमोर–लेस्टेका सेना सहभागी छन् । रिपोर्टका अनुसार यो दुर्घटनापछि सैन्य अभ्यास रोकिएको छ।

तपाइँको प्रतिक्रिया