शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: १८:०० |सिड्नीको समय: १६:०० |काठमाडौंको समय: ११:४५

अष्ट्रेलियामा बन्दै गरेको नेपाली सामुदायिक केन्द्रलाई सहयोग जुटाउन तीज कार्यक्रम आयोजना हुने

एएनजेड खबरअगस्ट २९, २०२३

अष्ट्रेलियाको ब्रिजवेनमा बन्न लागेको नेपाली सामुदायिक केन्द्रलाई सहयोग गर्ने उदेश्यले विभिन्न शहरमा तीज विशेस कार्यक्रम हुने भएका छन्। सोही उदेश्य अनुसार ब्रिजवेन र होबार्टमा विशेस तिज कार्यक्रम आयोजना गरिएको छ।

सो कार्यक्रममा नेपालबाट चर्चित कालाकार पशुपति शर्मा, कला लम्साल, बिन्दु पौडेल र अमृत सापकोटा सहभागी भएर विशेष प्रस्तुति दिने बताइएको छ।

ब्रिजवेनमा कुइन्सल्याण्ड नेपलिज कल्चरल सेन्टर क्युएनसिसिले सामुदायिक केन्द्र निर्माण गर्न सहयोग स्वरुप रकम जुटाउन यस भब्य कार्यक्रम गर्न लागिएको आयोजकले बताएको छ। हालसम्म सामुदायिक केन्द्र निर्माणको लागी ११ लाख अष्ट्रेलियन डलर संकलन भइसकेको छ। ४ हेक्टर जमिन खरिद गर्नुअप्र्ने भएकाले जग्गा किन्न मात्र साढे १४ लाख डलर खर्च हुने क्युएसिसिले जनाएको छ । क्युएनसिसिले आजिवन सदस्यता तथा चन्दामार्फत सहयोग जुटाइरहेको छ ।

ब्रिजवेनको स्ट्राथपाइन सामुदायिक हलमा सेप्टम्बर ८ तारिखमा हुन लागेको नाइस तिज मेलाले टिकट बिक्रीबाट उठेको ७५ प्रतिशत रकम क्युएनसिसिलाई दिन लागेको आयोजक विशाल इन्टरटेन्टमेन्टले जनाएको छ।त्यस्तै तिज कार्यक्रममा डिजे गोर्खा र फुलु पुनको समेत प्रस्तुती हुनेछ । बेलुका ६ बजेदेखि सुरु हुने कार्यक्रममा नेपालबाट आएका अभिभावक तथा १६ वर्ष मुनिका बालबालिकालाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

त्यस्तै तास्मानियाको होबार्टमा सेप्टेम्बर ६ मा हुने तिज साँझ द चोक नेपाली रेष्टुरेन्टमा हुने कार्यक्रममा पनि गायक पशुपति शर्मा र गायिकाहरु कला लम्साल र बिन्दु पौडेल सहभागी हुदैछन् ।

तपाइँको प्रतिक्रिया