बुधबार, वैशाख २६, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: १५:३३ |सिड्नीको समय: १३:३३ |काठमाडौंको समय: ०९:१८

हृदयघात पछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बन्दै

एएनजेड खबरअक्टोबर २२, २०२३

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको हृदयघात भएपछिको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ। चीनको भ्रमणका क्रममा रहँदा यही कात्तिक १ गते हृदयघात भएपछि उनी बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा भर्ना भएका थिए।

उपप्रधानमन्त्री श्रेष्ठ शनिबार बिहानदेखि अस्पतालभित्रै सामान्य हिँडडुल गर्न थालेको बतैइएको छ। हृदयघात भएपछि उनको छातीमा ‘स्टेन्ट’ राखिएको छ।

यसैबीच, उपप्रधानमन्त्री श्रेष्ठसँग चिनियाँ समकक्षी एवं चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङले अस्पतालमा भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। यसअघि सार्वजनिक सुरक्षामन्त्री वाङले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अन्तर्राष्ट्रिय विभागका निर्देशक पेङ सीउ सानले श्रेष्ठसँग भेट गरी पूर्णस्वास्थ्य लाभको कामना गरेका छन‍् भने चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्नो प्रतिनिधि पठाएर श्रेष्ठको स्वास्थ्यलाभको कामना गरेको सचिवालयले जनाएको छ।

तपाइँको प्रतिक्रिया