शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २३:०० |सिड्नीको समय: २१:०० |काठमाडौंको समय: १६:४५

दिपक विष्टलाई राष्ट्रिय टिम तयारी निर्देशकको जिम्मेवारी

एएनजेड खबरडिसेम्बर ६, २०२३

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तेक्वान्दो प्रशिक्षक दिपक विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको छ । यसअघि तालिम तथा प्रशिक्षण विभागमा रहेका विष्टलाई शनिबार राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिने निर्णय गरिएको हो ।

नेपाली खेलकुदका सफल खेलाडी मध्येका एक विष्ट दक्षिण एसियाली खेलकुद (साग) को लगातार चार संस्करणमा स्वर्ण जित्ने एक मात्र नेपाली खेलाडी हुन् ।

उनले आठौँदेखि ११ औँ ९साग० सागमा स्वर्ण जितेका थिए । विष्टले २००२ को बुसान एसियाड तथा २००६ को दोहा एसियाडीमा कास्य जितेका थिए ।

विष्ट ओलम्पिकमा छनोट भएर खेल्ने दोस्रो नेपाली खेलाडी हुन् । उनले सन् २००८ मा चीनको बेइजिङ भएको २९ औँ ओलम्पिक छनोट चरण पार गरेर खेलेका थिए ।

विष्ट २०६५ साल साउन २० गते राखेपमा तेक्वान्दो प्रशिक्षकको रुपमा सेवा प्रवेश गरेका थिए ।

तपाइँको प्रतिक्रिया