शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २१:३५ |सिड्नीको समय: १९:३५ |काठमाडौंको समय: १५:२०

एसीसी यु–१९ः भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरियो

एएनजेड खबरडिसेम्बर १२, २०२३

काठमाडौं । एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । यो हारसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ ।

यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा भएको खेलमा जितका लागि ५३ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७ ओभर १ बलमा बिना विकेट पूरा ग¥यो । भारतका आर्शिन अतुल कुलकर्णीले ४३ र आदर्श सिंहले १३ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२ ओभर १ बलमा अलआउट हुँदै ५२ रन बनाएको थियो । नेपालका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । भारतका राज लाम्बिनीले ७ विकेट लिए । यसैगरी आरध्य शुक्लाले २ तथा अर्शिन कुलकर्नीले १ विकेट लिए ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

तपाइँको प्रतिक्रिया