शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २१:२० |सिड्नीको समय: १९:२० |काठमाडौंको समय: १५:०५

पवन प्रकृति स्कुललाई महालक्ष्मी नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी

एएनजेड खबरडिसेम्बर १३, २०२३

ललितपुर । टीकाथलीस्थित पवन प्रकृति विद्यालयले महालक्ष्मी नगरपालिका स्तरीय चौँथो राष्ट्रपति रनिङ्ग शिल्ड उपाधी जितेको छ ।

नगरभित्र रहेका बत्तीस विद्यालयका १४५० विद्यार्थी सहभागी प्रतियोगिता मङ्सिर २४ गते सुरु भई तीन दिनसम्म चलेको थियो । प्रतियोगितामा एथलेटिक्स, मार्सल आर्ट, कबड्डी र भलिबल खेल समावेश थिए ।

विजयी पवन प्रकृति स्कुलले ६ स्वर्ण, ३ रजत र ८ कास्य पदक प्राप्त गर्दै अब्बल सावित भयो भने महालक्ष्मी मावि र सिद्धिमङ्गल मावि क्रमशः दोस्रो र तेस्रो स्थानमा रहन सफल रहे ।

विजयी विद्यार्थी एवम् विद्यालयलाई संघीय सांसद प्रेम महर्जन र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले शिल्ड, मेडल, प्रमाण पत्र र नगद पुरस्कारसहित सम्मान गरेका थिए।

तपाइँको प्रतिक्रिया