शनिबार, वैशाख २२, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०४:५९ |सिड्नीको समय: ०२:५९ |काठमाडौंको समय: २२:४४

पृथ्वी जयन्तीका दिन अष्ट्रेलियाभर अन्तर्राष्ट्रिय नेपाली दिवस मनाइने

एएनजेड खबरजनवरी ११, २०२४

काठमाडौं । आधुनिक नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाहको सम्झनामा अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाउने भएका छन्।

हरेक वर्ष अष्ट्रेलियाका नेपालीले पुष २७ लाई नेपाली दिवशको रुपमा मनाउने गर्दछन्। पृथ्वनारायण शाहको एकीकरण अभियानकै कारण विश्वमा नेपाली पहिचान बनेको र विश्वमा नेपाली भनेर चिनिन पाएको कारण पृथ्वी जयन्तीको दिनलाई ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’का रूपमा मनाउने गरेको राष्ट्रिय समारोह आयोजक कमिटीका मदनमणि अधिकारीले बताए।

अष्ट्रेलियामा पृथ्वी जयन्ति ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’का रूपमा भव्य र व्यापक रूपमा मनाउन थालेको धेरै वर्ष भईसकेको छ। नेपाली हुनुको आत्मबोध र आगामी पुस्तालाई नेपाली राष्ट्रियतासँग साक्षात्कार गराउने महान दिनको रूपमा यसलाई लिन सकिने र पर्ने उनको ठम्याई छ।

पृथ्वी जयन्ति ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’का आयोजक कमितीका सदस्य युवा अभियन्ता दीपक पौडेलले पृथ्वीनारायण शाहको सम्बन्धमा गलत कथा बुन्ने र स्थापित गर्नका लागी तथाकथित बुध्दिजिवीहरू नै लागेको देखिनु घृणित कार्य रहेको उनको बुझाइ छ ।

नेपाल एकीकरण र नेपाली राष्ट्रियताको मियोका रूपमा पृथ्वीनारायण शाहलाई लिनुपर्ने र उनको एकता अभियानको निरन्तरता एवं नेपाली पहिचानको गौरवपूर्ण स्वीकारलाई साक्षात्कार गर्ने अवसरका रूपमा संसारभर छरिएका नेपालीले लिनुपर्ने उनको भनाई छ। ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’को स्वरूपमा पृथ्वी जयन्तीलाई यस वर्ष पनि गौरव, श्रध्दा र नेपाली एकताको सन्देश दिने दिन रहेको आयोजकको भनाई छ।

शुक्रबार नेपाली भएकोमा गर्व गर्ने अष्ट्रेलियामा बस्ने नेपालीहरूले विभिन्न कार्यक्रमका साथ पृथ्वी नारायणशाहको सम्झना गर्ने कार्यक्रम तय आयोजक कमिटीका अधिकारीले बताए ।

अष्ट्रेलियाको सिड्नीस्थित नेपालीहरूको घना बसोबास भएको ओबनमा कार्यक्रम हुन लागेको हो । क्यानबेरा, मेलबर्न, एडिलेड, पर्थ, तासमानिया र डार्बिनमा पनि पृथ्वी जयन्तिको उपलक्षमा कार्यक्रम आयोजना गर्ने तयारी छ । सिड्नीमा आयोजना हुने कार्यक्रम ओबन पार्कमा हुन लागेको छ। विहान ११ बजे देखी दिनभर नै ओबनमा विभिन्न प्रस्तुती र माल्यार्पणको कार्यक्रम हुनेछ।

तपाइँको प्रतिक्रिया