शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २१:५१ |सिड्नीको समय: १९:५१ |काठमाडौंको समय: १५:३६

सिड्नीमा माघी फेस्टिबलको तयारी

एएनजेड खबरजनवरी १५, २०२४

काठमाडौं । माघे सक्रान्तीको अवसरमा अष्ट्रेलियाको सिड्नीमा माघी फेस्टिबलको आयोजना हुने भएको छ । थारु सोसाइटी अष्ट्रेलियाले फेस्टिबल आयोजना गर्न लागेको हो ।

फेस्टिबल सोमबार साँझ अर्थात् जनवरी १५ तारिखका दिन आयोजना हुने जानकारी दिइएको छ । सिड्नीको रकडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा माघी फेस्टिबल आयोजना हुने भएको हो ।

कार्यक्रममा डिजे नटकेसको विविध सांगीतिक प्रस्तुति, परिकारहरु प्रदर्शनी रहने छ भने विविध सांस्कृतिक प्रस्तुतिहरू समेटिने जानकारी दिइएको छ ।

तपाइँको प्रतिक्रिया