आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: २१:३९ |सिड्नीको समय: १९:३९ |काठमाडौंको समय: १५:२४

बक्सिङ खेलाडी नितालाई आत्महत्या गर्न बाध्यपार्ने पक्राउ

एएनजेड खबरजनवरी १९, २०२४

काठमाडौं । बुधबार राती आफ्नै घरमा मृत फेला परेकी सशस्त्र प्रहरी बल (एपीएफ)की सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाई आत्महत्या प्रकरणमा एक जना पक्राउ परका छन् ।

गोसाईंलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा भक्तपुर नगरपालिका–९ घर भएका दिनेश लबजु पक्राउ परेका हुन् ।

२८ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिईन् । आफ्नै तीन तले घरको छतमा रहेको जस्ताको डन्डीमा पासो लागेको अवस्थामा गोसाई मृत भेटिएकी थिईन् ।

गोसाई मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । गोसाईका परिवारले ती पुरूषविरूद्ध आत्महत्या दुरूत्साहन कसुरमा जाहेरी दिएका थिए।

गोसाईको केही समयपछि विवाह गर्ने तयारी रहेको पनि पारिवारिक स्रोतले जनाएको छ ।नवौँ राष्ट्रिय खेलकुदमा उनी ५४ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी थिइन्।

तपाइँको प्रतिक्रिया