आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०७:३३ |सिड्नीको समय: ०५:३३ |काठमाडौंको समय: ०१:१८

अष्ट्रेलिया भ्रमणमा गएका दुई नेपाली किशोर सम्पर्कवीहिन, खोजी गर्न अपील

एएनजेड खबरजनवरी २४, २०२४

काठमाडौं । अष्ट्रेलिया पुगेका दुई नेपाली किशोर सम्पर्कविहीन भएका छन् । उनीहरुको खोजीका लागि न्यू साउथवेल्स प्रहरीले समुदायस्तरमा अपील गरेको छ ।

नेपालको स्कुलबाट भ्रमणका लागि पुगेका १४ वर्षका मविन्द्र पुन र सौरभ पुन सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । मविन्द्र आइतबार राउसन प्लेस मार्केटमा पछिल्लो पटक देखा परेका थिए। त्यसपछि उनी सम्पर्कमा छैनन् । सौरभ र मविन्द्र विद्यालयबाट शैक्षिक भ्रमणमा गएका थिए ।

सौरभ पनि पछिल्लोपटक सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार साढे छ बजेपछि सम्पर्कमा आएका छैनन्। उनीहरुको खोजी गर्न र देखा परेको खण्डमा न्यू साउथवेल्स प्रहरी, सिड्नी सिटी पुलिस एरिया कमाण्ड वा क्राईमस्टपर्सलाई खबर गर्न प्रहरीले भनेको छ ।

https://www.facebook.com/nswpoliceforce/posts/785151073657314?ref=embed_post

तपाइँको प्रतिक्रिया