शनिबार, वैशाख २२, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०५:३२ |सिड्नीको समय: ०३:३२ |काठमाडौंको समय: २३:१७

अष्ट्रेलिया नेशनल डे मनाइँदै

एएनजेड खबरजनवरी २६, २०२४

काठमाडौं । अष्ट्रेलियाको राष्ट्रिय दिवस अर्थात अष्ट्रेलिया नेशनल डे विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष जनवरी २६ का दिन मनाइने दिवसमा सरकार तथा समुदायस्तरबाट विभिन्न कार्यक्रमको आयोजना भइरहेको छ ।

अष्ट्रेलियामा रहेका १ लाख ३० हजार बढी नेपाली समुदायले पनि विविध कार्यक्रमको आयोजना गरिरहेका छन् । नेपाली तथा अष्ट्रेलियाको सांस्कृतिक महत्व झल्किने विभिन्न कार्यक्रम तय भएको छ ।

अष्ट्रेलिया डेलाई देशका सबै नागरिकलाई एकता सूत्रमा बाँध्ने र सुखद भविष्यको कामना गर्ने दिनका रुपमा लिइन्छ । यो दिनले देशको सांस्कृतिक विविधतालाई आत्मसात गर्दै भविष्यकाप्रति आशावादी हुने प्रेरित गर्ने विश्वास लिइन्छ । तर अष्ट्रेलियाका कतिपय आदिवासी समुदायले भने नेशनल डेको विरोध जनाउने गरेका छन् ।

तपाइँको प्रतिक्रिया