शनिबार, वैशाख २२, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०२:३६ |सिड्नीको समय: ००:३६ |काठमाडौंको समय: २०:२१

भिक्टोरिया पशुपतिनाथ मन्दिरमा विधिपूर्वक अनुष्ठान पूजा गरियो

एएनजेड खबरफ्रेब्रवरी ३, २०२४

अष्ट्रेलिया । भिक्टोरियामा पशुपतिनाथ मन्दिरमा अष्ट्रेलियाका भिक्टोरिया राज्य विधान सभाकी सदस्य पाउलिन रिचर्ड्सको उपस्थितिमा अनुस्ठानसहित पूजाआजा गरिएको छ । अष्ट्रेलियाको एक उपनगरका एकसय भन्दा बढि भक्तजनको उपस्थितिमा मन्दिरमा विधिपूर्वक अनुष्ठान पूजा गरिएको हो ।

पशुपति मन्दिर व्यवस्थापनका मुख्य पुजारी शंकर गौतमले पूजापश्चात पूजाको महत्वबारे समेत अष्ट्रेलियन भक्तजनहरुलाई जानकारी गराएका थिए । पूजामा विधान सभा सदस्य पाउलिन रिचर्ड्ससँगै संघीय सांसद क्यासान्ड्रा फर्नान्डोका प्रतिनिधि सल्लाहकार एमओ चक्रवर्ती समेत उपस्थित थिए ।

पूजा पश्चात हिन्दू नेपाली आस्था समाज भिक्टोरिया, अष्ट्रेलियाका अध्यक्ष डाक्टर राजु अधिकारीले आस्था समाजको दृष्टिकोण, लक्ष्य, उद्देश्य र सम्पूर्ण हिन्दू समुदायको आस्थाको प्रतीक भगवान पशुपतिनाथ मन्दिरको महत्वबारे जानकारी गराएका थिए र भिक्टोरिया सरकारलाई धन्यवाद दिए ।

प्रमुख अतिथि सांसद पाउलिन रिचर्ड्सले आफ्नो मन्तव्यमा नेपाली समाजको योगदान, सामाजिक कल्याण र एकताका लागि समाजको महत्वको प्रशंसा गरे । सहसचिव जनक गौतमले प्रमुख अतिथिलाई सत्कार गरेका थिएभने सचिव डा.याकिन्द्र तिमिल्सिनाले मन्दिरको गतिविधिबारे र उपाध्यक्ष लाल कँडेलले भिक्टोरिया सरकार, उपस्थित भक्तजन र स्वयंसेवकलाई धन्यवाद दिएका थिए।

एमओ चक्रवर्तीले संघीय सांसद क्यासान्ड्रा फर्नान्डोको सद्भावना, समर्थन, हिन्दु मन्दिर र आस्थाको महत्त्वका सन्देश पढेका थिए ।उक्त अवसरमा मन्दिर निर्माणका लागि धेरै स्वयंसेवकहरूले चन्दा दिएका थिए भने टंक कँडेलले गणेशको मूर्ति र खाना पकाउने सामग्रीहरू मन्दिरलाई दान गरेका थिए ।

तपाइँको प्रतिक्रिया