शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०१:२१ |सिड्नीको समय: २३:२१ |काठमाडौंको समय: १९:०६

कृष्ण कँडेल र कलाकारबीचको विवाद चर्कियो, अदालत पुग्यो मुद्दा

एएनजेड खबरफ्रेब्रवरी १७, २०२४

काठमाडौं । चर्चित लोक दोहोरी कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल र कलाकार शर्मिला श्रेष्ठबीच केही दिनदेखि सामाजिक सञ्जालमा चर्किएको विवाद अदालत पुगेको छ ।

इन्द्रेणीबाट निकालिएको भनिएका शर्मिलासहितका कलाकारहरुले लगाएको आरोपको पत्रकार सम्मेलन गरि खण्डन गरेका कँडेलले उनीहरुबिरुद्ध अदालतमा मुद्दा दर्ता गराएसँगै विवाद अदालत पुगेको हो । शर्मिलासहितलाई प्रतिवादी बनाएर कँडेलले काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गराएका छन् ।

पहिले इन्द्रेणीमै काम गर्ने छ जना कलाकारहरुले पहिले फेसबुक लाइभमा र लगत्तै पत्रकार सम्मेलन गरेर कँडेलले श्रम शोषण गरेको बताएका थिए । शर्मिलाले आफू तीनवर्षदेखि ’यौन दुर्व्यवहार’ को शिकार भएको गम्भीर आक्षेपसमेत लगाएकी थिइन् ।

तर, कँडेलले भने त्यस्ता आरोप निराधार रहेको दाबी गरेका छन् । आज पत्रकार सम्मेलनमा उनले श्रम शोषण नगरेको र इन्द्रेणीको रकम हिनामिना नभएको जिकिर गरे । तीन वर्षअघि ’ह्यारेस्मेन्ट गरेको भए अहिलेसम्म किन नबोलेको ? भन्दै उनले उल्टै प्रश्न गरेका छन् ।

‘शर्मिला बहिनीले ममाथि तीन वर्ष अगाडि हेरेस्मेन्ट गरेको आरोप लगाउनु भएको छ । त्यस्तो हो भने यो तीन वर्ष के हेरेर बस्नु भयो ?’, आरोप इन्कार गर्दै कँडेलले भने । कलाकारहरुले इन्द्रेणीका नाममा पैसा उठाएर कँडेलले एकलौटी गरेको र आफूहरुलाई ’घर न घाटको बनाएको’ भन्दै फेसबुक लाइभमै रुवाबासी गरेका थिए ।

यसअघि कँडेलले आफूमाथि लागेका आरोपको खण्डन गरेका छन् । उनले पत्रकार सम्मेलनमार्फत कलाकारको श्रम शोषण र यौन दुर्व्यवहार नगरेको बताए ।

इन्द्रेणीबाट निकालिएका कलाकारहरुले कँडेलले श्रम शोषण गरेको भन्दै सामाजिक सञ्जालमा दुःख पोखेका थिए । कलाकार शर्मिला श्रेष्ठले आफू ‘यौन दुर्व्यवहार’को शिकार भएको गम्भीर आक्षेप लगाएकी थिइन् ।

कँडेलले भने त्यस्ता आरोप निराधार रहेको दाबी गरे । तीन वर्षअघि ‘ह्यारेस्मेन्ट गरेको भए अहिलेसम्म किन नबोलेको ? उनले उल्टै प्रश्न गरे । ‘शर्मिला बहिनीले ममाथि तीन वर्ष अगाडि हेरेस्मेन्ट गरेको आरोप लगाउनु भएको छ । त्यस्तो हो भने यो तीन वर्ष के हेरेर बस्नु भयो ?’, आरोप इन्कार गर्दै कँडेलले भने ।

७ जनाबाट शुरु गरेको इन्द्रेणीमा अहिले ३७ जनाभन्दा बढी कलाकार आवद्ध रहेको बताउँदै उनले पछिल्लो समय तलब दिन ढिलो हुँदा यस्ता आरोप लगाइएको बताए । कंँडेलले अहिलेसम्म कसैलाई अन्याय नगरेको र एक पैसा पनि हिनामिना नगरेको प्रष्टीकरण पनि दिए ।

तपाइँको प्रतिक्रिया