शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: १५:०१ |सिड्नीको समय: १३:०१ |काठमाडौंको समय: ०८:४६

आठ महिनामा एक हजार २५५ युवाको विदेशमा मृत्यु

एएनजेड खबरअप्रिल १, २०२४

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीहरु मृत्यु हुनेहरुको संख्या बृद्धि भएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्ष २०८।८१ को आठ महिनामा एक हजार २५५ युवाले विदेशी भूमिमा ज्यान गुमाएका छन् । आव २०७९।८० मा एक हजार २०८ जनाले ज्यान गुमाएका थिए । जुन सङ्ख्या गत आवको तुलनामा चालु आवको आठ महिनामा ४७ जनाले बढी हो ।

पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिकको मृत्यु हुने गरेको छ । विदेशमा ज्यान गुमाएका परिवारका सदस्यले बोर्डको सचिवालयबाट सात लाख आर्थिक सहायता पाउँदै आएका छन् ।

गत आव २०७९र८० मा सात लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर बिदेसिएका थिए । तथ्याङ्क अनुसार वैदेशिक रोजगारीका लागि दैनिक औसतमा एक हजार नौ सय बढी श्रम स्वीकृति लिएर जाँदा पाँच वटा शव काठको बन्द बाकसमा नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् ।

तपाइँको प्रतिक्रिया